म्याजिक दुर्घटनामा घाइते शाहीको मृत्यु

सदरलाइन संवाददाता १४ फाल्गुन २०८०, सोमबार १७:५२
 

नेपालगञ्ज : आइतवार म्याजिक दुर्घटनामा परी घाइते भएको कोहलपुर ३ मदनचोक बस्ने ८१ वर्षीया बृद्धा कौशिल्या शाहीको उपचारका क्रममा सोमवार विहान मृत्यु भएको छ । उनको नेपालगञ्ज नर्सिङहोममा मृत्यु भएको हो ।

बर्दियाको बाँसगढीबाट नेपालगञ्ज आउँदै गरेको भे १ ज १२०७ नम्बरको म्याजिक भ्यान कोहलपुर ४ किरणखोला नजिकै दुर्घटनामा परेको थियो । तीब्र गतिमा रहेको म्याजिक सडकबाट खेतको खाल्टोमा खस्दा भ्यानमा सवार ८ जना घाइते भएका थिए ।


घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल पठाइए पनि शाहीलाई थप उपचारका लागि नेपालगञ्ज नर्सिङ लगिएको थियो । अन्यको अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव बेचविखन नियन्त्रण गर्न दुबै देशबिच सहकार्यमा जोड

१४ फाल्गुन २०८०, सोमबार १७:५२
नेपालगञ्ज : मानव बेचविखनलाई नियन्त्रण गर्न नेपाल–भारतबीचको प्रभावकारी सहकार्यमा जोड दिइएको छ । शक्ति समूहले नेपालगञ्जमा सोमवार आयोजना गरेको मानव वेचविखनविरुद्ध अन्तरसीमा कार्यशाला गोष्ठीमा मानव बेचविखन रोक्न दुई देश बीचका सरोकारवाला निकाय र व्यक्तिहरुबीचको प्रभावकारी सहकार्यमा जोड दिइएको हो । नेपाल र भारतका सुरक्षा अधिकारीहरु समेत उपस्थित कार्यशालामा मानव बेचविखनको […]