प्रक्रिया पुरा नभएका १२ वटा राँगा प्रहरीको नियन्त्रणमा

सदरलाइन संवाददाता ३१ भाद्र २०७९, शुक्रबार १६:००
 

नेपालगञ्ज : विभिन्न समयमा चर्चामा आइरहने राँगा तस्करी राप्ती सोनारीमा रोकिएको छैन । बिहीबार मध्य राती राप्ती सोनारी ४ लटनिया हुँदै अगैयामा लोड हुँदै गरेको १२ वटा राँगा प्रहरीले नियन्त्रणमा लिएको छ ।

कागज पत्र नै पुरा नगरि मासु प्रयोजनका लागि काठमाण्डौ लैजान लागेको १२ वटा राँगा प्रहरी चौकी अगैयाले नियन्त्रणमा लिएको हो । प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक राम बहादुर चन्दले राँगासहित ५ जना तस्करहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए ।


यस बिषयमा रातीनै बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले तत्काल नियन्त्रणमा लिएर भन्सार पठाउन अगैया र धामपुर प्रहरीलाई निर्देशन दिएका छन् । यसअघि पनि प्रहरीले ४ वटा राँगा आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाएको थियो ।

तस्करले राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको विभिन्न वडाहरुमा अनुमती पत्र समेत बनाएको पाइएको छ । तस्करले राप्तीसोनारीको वडा न. ३ को कार्यालय, वडा न. ४ को कार्यालय र नरैनापुरको वडा न. २ को कार्यालयबाट अनुमती पत्रसमेत बनाएको कागज देखाएको छ । प्रहरीका अनुसार राँगाको भेटनरी भने नगरेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका २३ वटा विद्यालय छनोट

३१ भाद्र २०७९, शुक्रबार १६:००
नेपालगञ्ज : शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका २३ वटा विद्यालय छनोटमा परेका छन् । युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराज (अथक) को पहलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँकेका १५ वटा विद्यालयमा पक्की भवन निर्माण तथा […]

ताजा अपडेट