चेतन मानन्धर हत्याकाण्डमा रिगललाई सर्बस्वसहित जन्मकैद सजाय

११ बैशाख २०७५, मंगलवार २०:००
 

सदरलाइनडटकम
११ बैशाख, नेपालगन्ज : तीन वर्ष अघि नेपालगन्जको व्यस्त बजार धम्बोझीचोकमा दिनदहाडै नेपालगन्ज–८ का २९ वर्षिय चेतन मानन्धरको हत्या गरेको अभियोग दोषी ठहर गर्दै जिल्ला अदालत बाँकेले नेपालगन्जका रिगल ढकाललाई सर्बस्व सहित जन्मकैदको सजाय सुनाएको छ ।
सो घटना दोषी ठहर भएका अन्य १२ जनालाई ३ वर्ष देखि १० वर्षसम्मको सजाय कायम गरेको छ । एक जनाले भने सफाई पाएका छन् । जिल्ला न्यायाधिश बिष्णु सुवेदीको इजलासले मंगलबार रिगल भनिने योग ढकाललाई सर्बस्व सहित जन्मकैदको फैसला सुनाएका छन् ।
यसैगरी सोहनसिहं ढकाल १० वर्ष, प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री जन्मकैद, बिशाल भन्ने छबिलाल बस्नेत, नबराज खत्री र मोहनलाल खड्कालाई जनही जन्मकैदको सजाय कायम गरेको छ ।
यस्तै माधव नेपाली, बिराज पाठक, हरी ओली, मनिष चौलागाई, प्रितम थापा, यमबहादुर बुढामगर, केशवबहादुर रोकायालाई जनही ३ वर्षको सजाय सुनाइएको छ । दिपेन्द्रसिहं भन्ने दिपेन्द्र मल्ल ५ वर्ष सजाय तोकेको छ भने दिपक केसीले सफाई पाएको जिल्ला अदालत बाँकेका श्रेस्तेदार दण्डपानी लामिछानेले जानकारी दिए ।
नेपालगन्जको सुर्खेतरोडस्थित धम्बोझीचौकमा नेपालगन्ज–८ का २९ वर्षिय चेतन मानन्धर माथि २०७२ साल असार २८ गते खुँडा प्रहारी गरी हत्या भएको थियो । सो घटनामा संलग्न भएका भनिएका सो क्षेत्रका चर्चीत गुण्डा नाइके रिगल भनिने योग ढकालले दुई वर्ष अघि नै अदालतमा आत्मसमर्पण गरेका थिए ।
सोही घटनाको आइतवारदेखि बहस सुरु भएको हो । हत्याका मुख्य अभियुक्त रिगल ढकालसहित १५ जनाविरुद्ध जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेको थियो ।

Next Post

आकस्मिक उद्धार र राहतका लागि बाल राहात कोष स्थापना

११ बैशाख २०७५, मंगलवार २०:००
सदरलाइनडटकम  १२ बैशाख नेपालगन्ज  : जोखिम तथा हिंसामा पर्न सक्ने बालबालिकाहरुको संरक्षण तथा बाल अधिकारको प्रबर्धनका लागि बालमैत्री स्थानीय शासन अभियानको लागि नेपालगन्ज उप–महानगरपालिका– १३ उदयपुरमा आकस्मिक उद्धार तथा राहतका लागि बाल राहतकोषको स्थापना गरिएको छ । सेभ द चिल्ड्रेनको साझेदारीमा बाँके युनेस्को क्लबद्वारा २५ हजार रुपैया र वडा कार्यालयबाट […]