लागुऔषधसहित बर्दियमा पाँच जना पक्राउ

सदरलाइन संवाददाता १० कार्तिक २०८०, शुक्रबार १५:४३
 

बर्दिया : प्रहरीले बर्दियाको मधुवन नगरपालिका वडा नं. ६ बाट लागुऔषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरेको छ ।

बर्दिया प्रहरीका अनुसार मधुवन नगरपालिका वडा नं. ६ का गणेश ओली, वडा नं. ५ का माधव भण्डारी, वडा नं. ७ का सन्दीप नेपाली तथा १६ वर्षीय र १८ वर्षीय किशोर रहेका छन् ।


इलाका प्रहरी कार्यालय ढोढरीबाट गएको गस्ती टोलीले सन्दीपको साथबाट ४० मिलिग्राम, माधवबाट ३० मिलिग्राम, गणेशबाट २ सय मिलिग्राम र २४ हजार ४ सय २६ रुपैयाँ नगद तथा दुबै किशोरको साथबाट ६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जबाट सात करोड बढीको प्लाईउड भारत निर्यात

१० कार्तिक २०८०, शुक्रबार १५:४३
नेपालगञ्ज : नेपालगञ्ज नाका भएर आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा सात करोड रुपैयाँ बढी मूल्यको प्लाईउड भारततर्फ निकासी भएको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माका अनुसार चालु आवको साउनदेखि असोज महिनासम्म सात करोड ६४ लाख ११ हजार रुपियाँ मूल्यको प्लाईउड भारततर्फ निकासी भएको छ । […]