हैप्पी किड्स मन्टेश्वरीको वार्षिकोत्सव

७ बैशाख २०७५, शुक्रबार ०८:५१
 

सदरलाइनडटकम
७ बैशाख, कोहलपुर (बाँके) : बाँकेको कोहलपुर–११ साझा चोकमा रहेको हैप्पी किड्स मन्टेश्वरीले आफ्नो तेस्रो बार्षिकोत्सव सम्पन्न गरेको छ ।
संस्थाका निर्देशक लक्ष्मण आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रम मन्टेस्वरी एसोसिएसन बाँकेकी अध्यक्ष लुना बुढाथोकीको प्रमुख आतिथ्यतामा ३० जना विद्यार्थीलाई दिक्षित गरिएको थियो । बिभिन्न बिधामा उत्कृष्ट हुने विद्यार्थीलाई अतिथि एबम प्रमुख अतिथिबाट पुरस्कार बितरण गरिएको थियो ।
मन्टेश्वरी बिधि स्तरीयबाट शिक्षा उपलब्ध गराउदै आएको सो मन्टेश्वरीबाट हालसम्म १ सय ५० जना भन्दा धेरै बिद्यार्थीले स्तरीय शिक्षा प्राप्त गरिसकेका छन् । ‘लर्निङ्ग बाई डुईङ्ग’ बिधीबाट बालबालिकालाई शिक्षा प्रदान गर्दै आइरहेको सो मन्टेश्वरी कोहलपुर क्षेत्र कै स्तरीय र अग्रणी मन्टेस्वरी भएको संस्थाका व्यस्थापन पक्षको दाबी छ ।
सो विद्यालयकी प्रीन्सिपल सरु पौडेलले सञ्चानल गरेको कार्यक्रममा प्रमुख अतिथी बुढाथोकीले मन्टेस्वरी शिक्षाको आवस्यकताको बारेमा प्रष्ट पारेकी थिईन ।

Next Post

पाँच नं. प्रदेसमा चौतारीको नेतृत्व गर्दै केसी र बस्नेत पत्रकार महासंघमा

७ बैशाख २०७५, शुक्रबार ०८:५१
सदरलाइनडटकम   ७ बैशाख, नेपालगन्ज : नेपाल पत्रकार महासंघको पाँच नं. प्रदेशका लागि प्रेस चौतारी नेपालले चौतारीका केन्द्रीय सचिव भरत केसीको नेतृत्वमा उम्मेदवार सिफारिस गरेको छ । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजक सविन प्रियाशनको अध्यक्षतामा बुटवलमा बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो । सहमातिको आधारमा चैतारीको भागमा […]

सम्बन्धित