साढेतीन लाखसहित ६ जना जुवाडे पिपरीबाट नियन्त्रणमा

सदरलाइन संवाददाता ९ कार्तिक २०७८, मंगलवार १२:४८
 


कोहलपुर (बाँके) : बाँके प्रहरीले मंगलबार बिहान १ बजेको समयमा कोहलपुरको पिपरीबाट ६ जना जुवाडेलाई साढे तीनलाख नगद र दुई गड्डी ताससहित नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले कोहलपुर नगरपालिका वडानं. ८ पिपरीस्थित रुद्रविर खडकाको घरको कोठामा केही मानिसहरु जम्मा भई जुवा खेलेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटेको प्रहरी टोलीले सो जुवाको खालबाट नेपाली रु ३ लाख ४९ हजार ७ सय ५ रुपैयाँ सहित उनीहरुलाई नियन्त्रणमा लिएको बताए ।


प्रहरीले घटनास्थलबाट ५२/५२ पत्तिका दुई गड्डी तास र जुवा खेल्न बिच्छाईएको चटाई बरामद गरेको छ । प्रहरी नियन्त्रणमा रहेका जुवाडेमाथि अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा एक महिलाको मृत्यु

९ कार्तिक २०७८, मंगलवार १२:४८
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँके खजुराकी एक महिलाको मृत्यु भएको छ । खजुरा गाउँपालिका–३ की ४८ वर्षीया महिलाको मृत्यु भएको हो । उनको उपचारका क्रममा भेरी अस्पतालमा मंगलावर विहान ८ बजेतिर मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिले जनाएको छ । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३३८ पुगेको […]

सम्बन्धित