दृष्टि अपाङ्गता भएका बालबालिकालाई शिक्षामा पहुँच पु¥याउन पहल गरिदै

१२ आश्विन २०७३, बुधबार १३:३९
 

14518228_1429598683723227_1476869051_nसदरलाइनडटकम
१२ असोज, नेपालगन्ज : शिक्षा विभागका उपनिर्देशक गणेश पौडेलले विशेष अवस्थाका विद्यार्थीका लागि लक्षित गर्दै स्रोत कक्षा सञ्चालन रहेको बताएका छन् । विभागमा समावेशी शिक्षा फाँट हेर्दै आएका उनले अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच पु¥याउन समय र प्रविधिको विकाससंगै स्रोत कक्षालाई पनि विकशित गर्दै लैजाने सरकारको नीति रहेको स्पष्ट पारे ।
दृष्टि अपाङ्गता भएका बालबालिकालाई शिक्षामा पहुँच पु¥याउने उद्देश्यले विपी नेत्र प्रतिष्ठानले मध्यपश्चिम क्षेत्रको स्रोत विद्यालयको अवस्थाको बारेमा बुधबार नेपालगन्जमा छलफल कार्यक्रममा बोल्दै उनले अपाङ्ग तथा दृष्टिविहीनलाई शिक्षामा पहुँच पु¥याउने उद्देश्यले नेपालभर ३ सय ८० स्रोत कक्षा सञ्चालनमा रहेको जानकारी दिए । जस अनुसार बाँकेमा ४ वटा स्रोत कक्षा सञ्चालनमा रहेका छन् । यसैगरी देशभरमा २२ वटा एकीकृत विद्यालय र ३२ वटा विषेश विद्यालय सञ्चालनमा ल्याएको बताए ।
उनले भने–‘ सरकारले अपाङ्गता भएका विद्यार्थीको लागि शिक्षामा पहुँच पु¥याउनको लागि २०२१ सालदेखि नै विषेश व्यवस्था गर्दै आएको छ । अहिले प्रविधिको विकास संगै उनीहरुलाई पनि प्रविधि युक्त शिक्षामा जोड्नको लागि पहल गर्दै आएको छ ।’
उनले शिक्षा विभागले अपाङ्गता भएका विद्यार्थीलाई बालविकास केन्द्रदेखि नै शिक्षाको मूलप्रवाहमा जोड्नको लागि पहल गर्दै १ हजार देखि ४ हजार मासिक छात्रबृत्तिको व्यास्था समेत गरेको जानकारी दिए । उनले नेपालमा बालविकास केन्द्रदेखि १२ कक्षा सम्म अध्ययनरत अपाङ्गता भएका विद्यार्थीको संख्या ७२ हजार ७ सय ९५ रहेको तथ्याङ्क दिए ।
प्रतिष्ठानका कार्यक्रम निर्देशक माधव प्रसाद अर्यालले प्रतिष्ठानले बाल आँखा, नाक कान, घाँटी अस्पताल एवम् पुनःस्थापना सेवा केन्द्रमा दृष्टि अपाङ्गता भएका ६० जना बालबालिकालाई यो शैक्षिक बर्षमा निःशुल्क भर्ना गरिने जानकारी दिए ।
उनले दुर्गम क्षेत्रमा रहेर विद्यालयमा भर्ना हुन नपाएका ३ देखि ८ वर्ष उमेर समूहका बालबालिकाको खोजी गर्नका लागि नेपालगन्जमा कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा बाँकेका जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउद, नेपाल राष्ट्रिय अपाङ्ग महासंघका क्षेत्रीय अध्यक्ष भावुकजंग थापालगायतले शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य क्षेत्रलाई जनमैत्री बनाउन स्वास्थ्यमन्त्री थापाको निर्देशन

१२ आश्विन २०७३, बुधबार १३:३९
सदरलाइनडटकम       १२ असोज, नेपालगन्ज : स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रलाई जनमैत्री र जनताको पुहँचमा हुने गरी काम गर्न निर्देशन दिएका छन् । नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा क्षेत्रीय प्रयोगशालाको शुभारम्भ गर्दै उनले स्वास्थ्य सेवालाई प्रभावकारी संगै जनमैत्री बनाउन आजको आवश्यकता रहेकौ औल्याए । क्षेत्रीय प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री […]