`मेयर कप टि–२० क्रिकेट; होप र मोडन विजयी

२९ चैत्र २०७४, बिहीबार १८:५६
 

सदरलाइनडटकम
२९ चैत, नेपालगन्ज ः नेपालगन्जमा जारी कलेज स्तरिय प्रथम मेयर कप टि–२० क्रिकेट प्रतियोगितामा होप इन्टर नेशनल एकेडेमी र मोडन पब्लिक उच्च मावि नेपालगन्ज विजयी भएका छन् । मंगल प्रसाद उच्च माविको खेल मैदानमा विहिवार भएको पहिलो खेलमा होपले ब्राईल्यन्ड उच्च माविलाई ४३ रनले पराजित गरेको हो ।
खेलमा टस हारेर पहिला ब्याटिङ गरेको होपले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३८ रन बनाएको थियो । उसका लागि सागर विसीले अर्धसतकिय पारि खेलेका छन् । थापाले ३६ बलमा ६ चौका र ३ छक्काको मद्धतले ५० रन बनाएका थिए । त्यसैगरि विबेक रावतले १६ तथा अनिल महतराले १३ रन बनाएका थिए । ब्राइटल्यन्डका बलर अशुल रावतले ३ तथा कुशुम गुरुङ र साईट अन्सारीले २ विकेट लिएका थिए । जवाफी ब्याटिङमा आएको व्राईटल्यन्ड उच्च मावि १४ ओभर १ बलमा सबै विकेट गुमाउँदै मात्र ९५ रन मात्र बनाउन सक्यो । उसका लागि निरदोश खत्रीले १८, निरन्जन शाहीले १३ तथा विजय रोक्काले १२ रन बनाउनु वाहेक अन्यले दोहोरो अंक समेत छुन सकेनन् ।
होपका वलर सागर विसीले ३ ओभर १ बलमामा २० रन दिएर ४ तथा विवेक रावतले २ विकेट लिएका थिए । त्यसैगरि दोस्रो खेलमा मोडन पब्लिक बिजयी भएको छ । उसले जि भि एन कलेज लाई २७ रन ले पराजित गरेको छ ।खेलमा पहिले व्याटिङ गरेको मोडनले १८.५ ओभरमा ५ बिकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । उसका लागी सन्दिप ओलीले ले ३१ तथा प्रणब गिरीले २५ रन बनाएका थिए । जिभिएन का बलर दिसान सिद्दिकी र सुयोग श्रेष्ठले समान २÷२ विकेट लिएका थिए । जवाफी ब्याटिङमा आएको जिभिएन मावि १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै मात्र १ सय ७ रन बनाउन सक्यो । उसका लागि उसका लागि सोम शर्माले ५४ रन बनाउनु वाहेक अन्यले दोहोरो अंक समेत छुन सकेनन् । मोडनका बलर मोहम्द सरफ चौवेले ३ तथा पिपुल शर्माले २ विकेट लिए । प्रतियोगिताको बुधबार नेपालगन्ज उपमाहानगरपलिकाका मेयर डा. धवलशमशेर राणाले उदघाटन गरे ।
प्रतियोगिताको उद्घाटन खेलमा होलील्यान्ड उच्च मावि नेपालगन्जले मोडन पब्लिक उच्च माविलाई ४४ रनले पराजित गर्दै विजयी शुरुवात गरेको थियो । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा तथा जिल्ला क्रिकेट संघको प्रविधिक सहयोगमा संचालित सो प्रतियोगितामा ६ वटा कलेजको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालगन्जस्थित होलिल्याण्ड , मोर्डन उच्च माबि, एबिसी रेसिडेन्सियल स्कुल, होप ईन्टरनेशनल जिभिएन र ब्राईटल्यन्ड कलेज लगायतको सहभागिता रहेको छ । प्रतियोगितामा शुक्रवार एबिसी रेसिडेन्सियल स्कुल, र ब्राईटल्यन्ड कलेज तथा दोस्रो खेलमा होलिल्याण्ड र जिभिएन विच खेल हुनेछ ।

Next Post

डेढवर्षमा निर्माण सम्पन्न हुनुपर्ने स्वास्थ्य केन्द्र ६ वर्षमा पनि ...

२९ चैत्र २०७४, बिहीबार १८:५६
सदरलाइन / रुद्र सुवेदी ,  ३० चैत, नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकाको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रको भवन समयमा निर्माण हुन नसक्दा भाडाको भवनमा बसेर स्वास्थ्य सेवा दिन बाध्य छ । केन्द्रले दश कोठे भवन भाडामा लिएर सेवा दिँदै आएको हो । अत्याधुनिक सेवा संञ्चालन गर्न मिल्ने गरि २०६८ साल भदौमा […]