शुक्रवार गिद्ध दिवस मनाइँदै

सदरलाइन संवाददाता १८ भाद्र २०७८, शुक्रबार ११:५८
 

नेपालगञ्ज : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा शुक्रवार अन्तर्राष्ट्रिय सचेतना गिद्ध दिवस मनाइँदै छ । प्रत्येक वर्षको सेप्टेम्बर ३ तारिखका दिन दिवस मनाइने गरिएको छ ।

निकुञ्ज कार्यालय, नेपाली सेना, एनटिएनसी, मध्यवर्ती समितिलगायतको सहभागितमा गिद्ध जोगाउनका लागि जनचेतना फैलाउनेजस्ता कार्यक्रम आयोजना गरिएको निकुञ्जका सूचना अधिकारी चौधरीले बताए ।


उनका अनुसार गिद्ध पाइने ठाउँ पत्ता लगाई संख्या यकिन गर्ने र गुँड पत्ता लगाउने कार्यसमेत अगाडि बढाइएको छ । वाइनाकुलरको सहायताले हेड काउन्टका आधारमा संख्या पत्ता लगाइने उनले बताए । त्यसका लागि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा टोली परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तालिबानले शुक्रवार नयाँ सरकार घोषणा गर्नसक्ने

१८ भाद्र २०७८, शुक्रबार ११:५८
काठमाण्डौ : अफगानिस्तानमा तालिबानले नयाँ सरकार घोषणा गर्ने तयारी गरेको छ । नयाँ सरकारको घोषणाका लागि काबुलमा रहेको राष्ट्रपति कार्यालयमा एक समारोहको तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तालिबानका सर्वोच्च नेता हैबातुल्लाह अखुन्दजादा नै अफगानिस्तानको सर्वोच्च नेता घोषणा हुने सम्भावना रहेको खबरमा उल्लेख छ । केही दिनयता नयाँ सरकार […]