सुर्खेतमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

सदरलाइन संवाददाता ८ माघ २०७९, आईतवार १२:५२
 

नेपालगञ्ज : सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

शनिवार राती साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६च ९२१३ नं.को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर–११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर– ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बि.सीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए ।

घाइते भएका दैलेख भैरवी गाउँपालिका–५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य मन्त्री गिरीद्वारा दादुरा प्रकोप क्षेत्रको अवलोकन

८ माघ २०७९, आईतवार १२:५२
नेपालगञ्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपालगञ्ज उपमहानगरपालिकामा फैलिएको दादुरा प्रकोप क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री गिरीसहित स्वास्थ्य सचिव डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण श्रेष्ठ, मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेल सहितको टोलीले बाँके पुगेर नेपालगन्ज उपमहानगरपालिका र त्यस आसपास […]