नेपालबाट मनसुन बाहिरिने चरणमा

सदरलाइन संवाददाता २९ आश्विन २०७९, शनिबार १३:४९
 

नेपालगञ्ज : नेपालबाट यस वर्षको मनसुन बाहिरिने चरणमा पुगेको छ । अहिले मनसुनी वायुको प्रभाव कमजोर बनेर बाहिरिने चरणमा रहेको र मनसुन बाहिरिएको औपचारिक घोषणाका लागि अन्तिम तयारीमा रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।

नेपालबाट मनसुन बाहिरिने औसत समय अक्टोबर दुई तारिख हो । तर मनसुन औसत समयभन्दा झन्डै दुई हप्ता लम्बिसकेको छ । अहिले कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।


देशको पहाडी क्षेत्रको सडक तथा हवाई यातायातमा मौसमको सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरका अध्यक्ष शाहलाई थप उपचारका लागि लखनऊ लगियो

२९ आश्विन २०७९, शनिबार १३:४९
नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कालेजमा शनिबारदेखि उपचाररत नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहलाई थप उपचारका लागि आइतवार भारतको लखनाऊ लगिएको छ । अध्यक्ष इस्तियाक अहमद शाहलाई इन्फ्लुएन्जा संक्रमण पुष्टि भएपछि थप उपचारका लखनऊ रिफर गरिएको मेडिकल कलेज नेपालगञ्जका फिजिसियन डा. आसिम किदवाईले बताए । डाक्टर किदवाईका अनुसार छाती दुःखाई ज्वरो […]