न्यू दर्पण डायमण्ड र सचेत युवा मञ्च एगाउँ विजयी

२५ चैत्र २०७४, आईतवार १९:०३
 

सदरलाइनडटकम  
२५ चैत, नेपालगन्ज : बाँकेको खजूरा गाउँपालिका–४ इगाउँमा जारी शहीद सेतु विक स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबारका खेलमा आयोजक न्यू दर्पण डायमण्ड र सचेत युवा मञ्च ए गाउँ विजयी भएका छन् ।
पहिलो खेलमा सचेत युवा मञ्चले भगवती क्रिकेट क्लब हसनापुरलाई ९ विकेटले पराजित ग¥यो । टस हारेर ब्याटिङ्गमा उत्रिएको हसनापुरले १०.२ ओभरमा सम्पूर्ण विकेट गुमाई ३८ रन बनाएकोमा सचेतले ३ ओभरमा १ विकेटको नोक्सानीमा लक्ष्य पारे ग¥यो । सचेतका आशिष विष्ट म्यान अफ द म्याच भए ।
यसैगरी दोस्रो खेलमा आयोजक न्यू दर्पण डायमण्डले जानकी युथ क्लब खजुराखुर्दलाई ४२ रनले पराजित ग¥यो । टस जितेर ब्याटिङ्ग गरेको दर्पणले १४ ओभरमा सम्पूर्ण विकेट गुमाई ९५ रन बनाएकोमा जानकीले १२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ५३ रनमा सिमित भयो । म्यान अफ द म्याच सादाव हुसेन भए ।
प्रतियोगिता अन्तर्गत आइतबार न्यू मनकामना र न्यू डाफे तथा शिवपुरी शिवपुर र भगवती स्पोर्टस क्लबबीच खेल हुने आयोजक न्यू दर्पर्ण युवा क्लबका अध्यक्ष दलबहादुर बिसीले जानकारी दिए ।

Next Post

यस्तो छ, प्रदेश नम्बर ५ को नीति तथा कार्यक्रम

२५ चैत्र २०७४, आईतवार १९:०३
सदरलाइनडटकम २५ चैत, बुटवल  :  पाँच नम्बर प्रदेश सरकारले पहिलो नीति तथा कार्यक्रम ल्याएको छ । आज प्रदेश प्रमुख उमाकान्त झाले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा पर्यटन र कृषिलाई प्राथमिकतामा राखिएको छ । राष्टिय गौरवका योजनादेखि स्थानीय तहमा सञ्चालित योजनामा प्रदेश सरकारले मध्यस्तता गर्ने र […]