नेपालगन्ज उप–महानगरद्वारा सञ्चालित लोकसेवा तयारी कक्षा समापन

३ बैशाख २०७५, सोमबार १८:४३
 

सदरलाइनडटकम
३ बैशाख, नेपालगन्ज  : महिलालाई स्वारोजगार बनाउने तथा सरकारी सेवामा महिला सहभागिता गराउने उद्देश्यले नेपालगन्ज उप–महानगरपालिकाद्वारा सञ्चालित महिलाहरुका लागि निःशुल्क लोकसेवा तयारी कक्षा समापन गरिएको छ । अप्राविधिक खरिदार (प्रथम पत्र) पदका लागि उपमहानगरपालिकाको हलमा फागन २८ गतेदेखि सञ्चालित कक्षा औपचारिक समापन गरिएको हो ।
३५ जना सहभागी कक्षामा नियमित रुपमा सैद्धान्तिक तथा व्यवहारिक कक्षा लिइएको थियो । सामान्य ज्ञान, सामान्य वौद्धिक परिक्षण (आई क्यू) लगायत विषयमा कक्षा दिइएको उप–महानगरका शाखा अधिकृत तथा प्रशिक्षक गणेश न्यौपानले जानकारी दिए । प्रशिक्षार्थीलाई ह्याण्डसाउट उपलव्ध गराइनुका साथै नमुना परीक्षा समेत लिइएको थियो ।
समापन समारोहलाई सम्वोधन गर्दै उप–महानगरपालिकाका नगरप्रमुख डा धवल शम्शेर राणाले लोकसेवा कक्षाले सरकारी सेवा प्रवेशको सहज मार्ग निर्देश गरेको उल्लेख गर्दै मिहेनतका साथ परिक्षा दिन र सफल भएर जनसेवा गर्न आहवान गरे ।
उपप्रमुख उमा थापामगरले लोकसेवा कक्षाले सरकारी सेवा प्रवेशमा महिला सहभागितासँगै नेतृत्वदायी भूमिका निर्वाहमा मद्दत पुर्याउने विश्वास व्यक्त गरिन । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरलेले सरकारी सेवाको अनुभव र आवश्यक मार्ग निर्देशन दिएका थिए । सहभागीका तर्फबाट चन्द्रकला आचार्यले कक्षाको अनुभव सुनाउनुका साथै आयोजकलाई धन्यवाद ज्ञापन गरिन । सहभागीलाई खरिदार परिक्षा दिग्दर्शन किताव समेत उपलव्ध गराइएको उप–महानगरपालिकाका सूचना प्रविधी अधिकृत घनश्याम बर्माले जानकारी दिए । 

Next Post

उपभोक्ता समिति गठन

३ बैशाख २०७५, सोमबार १८:४३
सदरलाइनडटकम ३ बैशाख, नेपालगन्ज : नेपालगन्जमा सोमबार वडास्तरिय एक भेलाले वडा नम्बर ८ का वडाध्यक्ष सुरेन्द्रकुमार गुप्ताको संरक्षणमा अभयकुमार गुप्ताको अध्यक्षतममा समसानघाट तथा सडकनिर्माण उपभोक्ता समिति गठन गरेको छ । समितिको उपाध्यक्ष, कोषाध्यक्ष, सचिवमा क्रमश शैलेन्द्र बैश्य, मालारानी जोशी, गोपीनाथ गुप्ता रहेका छन् । सदस्यमा दीपककुमार गुप्ता, बिजय कुमार बैश्य, शैलेन्द्र […]