बुटवलमा डेंगीका बिरामी बढ्दै

सदरलाइन संवाददाता २० श्रावण २०७९, शुक्रबार १३:४४
 

नेपालगञ्ज : साउन लागेसँगै बुटवलमा डेंगीका बिरामी बढ्दै गएका छन् । असारदेखि नै डेंगीका बिरामी अस्पतालमा आउने गरेकोमा साउन लागेपछि भने दैनिक १५–१६ जनामा डेंगीको संक्रमण देखिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकालले असारमा फाट्टफुट्ट बिरामी आउने गरे पनि साउन लागेपछि भने बिरामी थपिने क्रम बढिरहेको बताए । अस्पतालका अनुसार विगतका वर्षमा साउन र भदौमा डेंगीका बिरामी आउने गरेकोमा यसवर्ष भने असारदेखि नै बिरामी आउने गरेकोले भदौसम्म बिरामीको संख्या धेरै थपिन सक्ने खतरा देखिएको छ ।

मेडिकल सुपरिटेन्डेन्ट डा ढकालले दुई वर्ष पहिले स्वास्थ्य कार्यालय र स्थानीय तहहरूले विभिन्न सचेतनाका कार्यक्रमसँगै लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गरे पनि यसवर्ष त्यो अभियान शून्य हुँदा बिरामी बढेको हुन सक्ने बताए ।


‘एकातिर बजारभित्र भत्किएका सडकका खाडलमा पानी जमेर त्यसैमा लामखुट्टेले बासस्थान बनाएका छन्, अर्कोतर्फ विगतमा हुने सचेतनाका कार्यक्रम र लामखुट्टेको खोजी र नष्ट गर अभियान भएका छैनन्, अहिलेकै अवस्थामा बिरामीहरूको संख्या थपिँदै जाने हो भने भदौसम्म डेंगीका बिरामीहरूले अस्पताल भरिने छन्,’ डा ढकालले भने ।

डा ढकालले डेंगी लाग्नबाट जोगिने एक मात्र उपाय लामखुट्टेको टोकाइबाट जोगिनु भएकोले लामखुट्टेको बासस्थानको खोजी गरी नष्ट गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा चितुवाको छालासहित ४ जना पक्राउ

२० श्रावण २०७९, शुक्रबार १३:४४
कैलाली : कैलाली प्रहरीले चितुवाको छालासहित ४ जनालाई पक्राउ गरेको छ । बिहीबार राति कैलालीको गोदावरी नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सुपप्र ०४–००१ च ०००६ नम्बरको बोलेरो चालक डोटी जोरायल गाउँपालिका–२ का समिर ओली, गाडीमा सवार कैलाली चुरे गाउँपालिका–६ का टेकबहादुर रावत, धिरेन्द्र रावत र बैतडी डिलासैन […]