पाकिस्तानी प्रधानमन्त्री इमरानद्वारा संसद विघटनको सिफारिस

सदरलाइन संवाददाता २० चैत्र २०७८, आईतवार १५:००
 

काठमाण्डौ : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद विघटन गर्न राष्ट्रपति आरिफ अल्भी समक्ष सिफारिस गरेका छन् । राष्ट्रका नाममा संवोधन गर्दै इमरानले आफूले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको बताएका हुन् ।

इमरनाविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावलाई उपसभामुख क्वासिम सुरीले खारेज गरेका थिए ।

अविश्वासको प्रस्तावलाई संसदले खारेज गरे लगत्तै राष्ट्रका नाममा संवोधन गर्दै इमरानले जनतालाई चुनावको तयारी गर्न निर्देशन दिएका छन् । उनले सरकार हटाउने बनाउने निर्णय गर्ने अधिकार जनतालाई नै भएको बताए ।


विपक्षीहरुले ल्याएको अविस्वास प्रस्तावको पक्षमा सत्ता गठबन्धनका दल नै लागेपछि प्रधानमन्त्री खानको सत्ता संकटमा परेको थियो ।उनी अल्पमतमा परेका थिए ।

अल्पमतमा परे पनि राजीनामा नदिने बरु अविश्वास प्रस्ताव सामना गर्ने बताउँदै आएका उनले संसदमा अविश्वास प्रस्तावमा भोटिङ्ग हुन नै दिएनन् । संसदले अविस्वास प्रस्ताव खारेज गर्यो भने लगत्तै इमरनाले संसद विघटन गरे ।

उपसभामुख सुरीले संवैधानिक शक्तिको प्रयोग गर्दै अविस्वास प्रस्ताव खारेज गरेको इमरानले दाबी गरे । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय युवासंघ बाँकेको बृहद रक्तदान सम्पन्न, २२१ जनाले गरे रक्तदान

२० चैत्र २०७८, आईतवार १५:००
नेपालगञ्ज : मौसम परिवर्तनसंगै बाँकेका अस्पतालहरुमा उपचारको लागि आवश्यक पर्ने रगतको अभाव हुन नदिने उद्देश्यले एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बाँकेले आईतबार नेपालगञ्जको पार्टी कार्यालय परिसरमा बृहद रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय युवा संघ नेपाल बाँकेका संयोजक समेत रहेका राप्ती सोनारी गाउपालिका वडानं. २ का जनप्रतिनिधि ज्ञानेन्द्र […]