यस्तो छ, प्रदेश नम्बर ५ को नीति तथा कार्यक्रम

२५ चैत्र २०७४, आईतवार १९:०८
 

सदरलाइनडटकम
२५ चैत, बुटवल  :  पाँच नम्बर प्रदेश सरकारले पहिलो नीति तथा कार्यक्रम ल्याएको छ । आज प्रदेश प्रमुख उमाकान्त झाले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा पर्यटन र कृषिलाई प्राथमिकतामा राखिएको छ । राष्टिय गौरवका योजनादेखि स्थानीय तहमा सञ्चालित योजनामा प्रदेश सरकारले मध्यस्तता गर्ने र समयमै आयोजना सक्न निगरानी गर्ने कार्यक्रम ल्याएको छ ।


यसै नीति कार्यक्रममा आधारमा सरकारले चैत २९ गते बजेट ल्याउँदैछ । त्यो बजेट आयोजनाको सम्भाव्यता अध्ययनमा खर्च हुने सरकारले जनाएको छ । नीति कार्यक्रम मुख्यमन्त्री शंकर पोखरेलले सदनमा टेबल गरेका छन् । छलफलपछि मात्रै नीति कार्यक्रम पारित हुनेछ ।

Next Post

शिक्षा नीति निर्माणका लागि मस्यौदा समिति गठन

२५ चैत्र २०७४, आईतवार १९:०८
सदरलाइनडटकम २५ चैत, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाको शैक्षिक नीतिका लागि मस्यौदा समिति गठन गरिएको छ । दुईदिनको कार्यशालापछि सम्वद्ध विज्ञसहितको कार्यदल गठन गरिएको हो । उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणा संयोजक तथा उपप्रमुख उमा थापामगर उप संयोजक रहने गरी १६ सदस्यीय शिक्षा नीति मस्यौदा तयारी कार्यदल गठन गरिएको […]