सदरलाइनडटकम
२३ चैत, नेपालगन्ज : आगामी मंसिरमा नेपालगन्जमा हुने ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउनका लागि यहा“का उद्योगी, व्यवसायीहरुले जस्तोसुकै सहयोग गर्न तयार भएको बताएका छन् । राष्ट्रिय खेलकुद प्रतियोगितालाई नेपालगन्जको गौरब भन्दै उनीहरुले उक्त प्रतियोगितालाई भब्य बनाउन अहिलेबाटै सहयोग गरिने बताए ।
बिहिवार नेपालगन्जमा उद्योगी, व्यवसायी र राखेपका सदस्य बिनोद मैनाली , मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष, भिम ओली, उपाध्यक्ष नरेन्द्र थापा, खेलाडीहरुबीच छलफल भएको थियो । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी, खुद्रा व्यवसायी संघका अध्यक्ष भिम रानाभाट लगायतको उपस्थिती थियो ।
