प्रधानमन्त्री ओली र विप्लव एउटै मञ्चबाट सम्बोधन गर्दै

सदरलाइन संवाददाता २१ फाल्गुन २०७७, शुक्रबार ०९:४८
 

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ’विप्लव’ले शुक्रवार एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्दै छन् । शुक्रवार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा हुने विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा सरकार र विप्लव समूहबीच हिजो भएको ३ बुँदे सहमतिको विस्तृत विवरण पनि सार्वजनिक गरिने सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले बताए ।


दुई वर्षदेखि भूमिगत रहेका विप्लवलगायत माथिल्लो तहका नेताहरु आजकै कार्यक्रमबाट सार्वजनिक हुने छन् । यस्तै, सहमतिअनुसार शुक्रवारदेखि पक्राउ परेका विप्लव समूहका नेता कार्यकर्ता पनि रिहा हुँदै छन् । सरकार र विप्लव समूहबीच दुई दिनसम्म भएको वार्तापछि सहमति भएको हो ।

सहमतिअनुसार चन्द समूहमाथि लागेका सबै मुद्दा खारेज हुने भएका छन् । विभिन्न किसिमका हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै चन्द समूहका गतिविधिमाथि सरकारले २०७५ साल फागुनमा प्रतिबन्ध लगाएको थियो ।

Next Post

न्युजिल्याण्डमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

२१ फाल्गुन २०७७, शुक्रबार ०९:४८
काठमाण्डौ : न्युजिल्याण्डमा ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु जिस्बन सहरबाट झण्डै १ सय ७८ किलोमिटर टाढाको जमिनको गहिराइमा परेको बीबीसीले जनाएको छ । तीन पटकसम्म आएका भूकम्पको धक्कापछि त्यहाँ सुनामीको चेतावनी दिइएको छ । उत्तरी क्षेत्रका टापुहरुको तटीय क्षेत्रमा सुनामीको सम्भावना रहेको भन्दै सुरक्षित […]