सदरलाइनडटकम,
नेपालगञ्ज : यस वर्ष दशैंका लागि बाँकेका महिला उद्यमीले पालेका तीन हजार खसी काठमाडौं पठाइने भएका छन् । गत वर्षको दशैंमा एक हजार ५०० खसी काठमाण्डौ पठाएकोमा यसपटक त्यसलाई दोब्बर गरी तीन हजार खसी पठाउने लक्ष्य राखिएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घकी अध्यक्ष गङ्गा शाहले जानकारी दिइन् ।
उनका अनुसार, बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर, महादेवपुरी, बिनौना, बैजापुर, कुसुम, फत्तेपुरलगायत गाउँमा महिलाले पालन गरेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घमार्फत काठमाडौं पठाउन लागिएको हो । काठमाडौंका व्यापारीसँग मिलेर महिलाले उत्पादन गरेका ती खसी काठमाडौं पठाइने अध्यक्ष शाहले जानकारी दिइन् ।
