एनएमसीद्धारा सहयोग

२३ चैत्र २०७४, शुक्रबार १३:४०
 


सदरलाइनडटकम
२३ चैत, नेपालगन्ज :  नेपालगन्ज बहुमुखी क्याम्पस र सोही क्याम्पस अन्र्तगत बिबिएस अध्ययन गर्ने विद्यार्थीहरुले आज शुक्रबार अनाथ तथा बृद्धाबृद्धाहरुलाई नगद सहित सममान गरेका छन् । सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रम अन्र्तगत बृद्धबृद्धा र अनाथहरुलाई नगद सहित बिभिन्न खाद्यन सामाग्री प्रदान गरिएको छ ।
भेरी बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई रु ५ हजार सहित खाद्यन, लत्ताकपडा बितरण गरिएको छ भने ११ जना अनाथ बालबालिकालाई रु १० हजार, स्टेशनरी सामाग्री र झ्लहरु बितरण गरिएको छ । आदर्श समूह अन्र्तगतको उक्त क्याम्पसका प्रमुख निर्देशक इश्र्वर पोख्रेलले सबैको सहयोग लिएर बृद्धबृद्धा र बालबालिकाहरुलाई सहयोग गरिएको बताए । उनले आगामी दिनमा यस्तो कार्य भइरहने पनि बताए । उक्त कार्यक्रममा क्याम्पसका प्राचार्य बिरमान केसी, कार्यक्रम संयोजक थम्मन केसी लगायतको उपस्थिती थियो ।

Next Post

बालश्रमिकका अभिभावकलाई व्यावसाय सञ्चालनमा सहयोग

२३ चैत्र २०७४, शुक्रबार १३:४०
सदरलाइनडटकम  २३ चैत, नेपालगन्ज : बालश्रमिक रहित उप–महानगर बनाउने उद्देश्यले विभिन्न दातृ निकायको सहयोगमा नेपालगन्ज उप–महानगरपालिकाले विभिन्न खालका कार्यक्रम सञ्चालनमा ल्याएको छ । नेपालगन्ज उप–महानगर भित्र रहेका श्रमिक बालबालिकाको परिवारलाई शुक्रबार सहयोग सामाग्री हस्तान्तरण गरिएको छ । नेपालगन्ज उप–महानगरको वडा नं. १०, ११, १२, १६ र १७ मा रहेका आर्थिक […]