खाली पेटमा लसुन खानुका फाइदा

८ जेष्ठ २०७६, बुधबार १६:५३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सामान्यतयः हामीले खानाका विभिन्न परिकार तेलमा भुट्ने क्रममा अथवा ग्रेभी बनाउन लसुनको प्रयोग गर्ने गरेका हुन्छौ । लसुनले कुनै पनि खानाका परिकारहरुलाई स्वादिष्ट बनाउन सहयोग गर्छ ।
तर लसुनमा यति धेरै गुणकारी तत्व रहेका हुन्छन् जसले हामीलाई विभिन्न रोगहरुबाट मुक्त गराउँछ ।
आयुर्वेदमा त लसुनलाई औषधीनै मानिएको छ । हामीले कुनै न कुनैरुपमा आफ्नो खानामा लसुनलाई मिसाउन आवश्यक छ । तर बिहान सबेरै खाली पेटमा लसुन खानाले हामीलाई सबैभन्दा धेरै फाइदा पुर्याउँछ । यहाँ लसुनका सात फाइदा बारे चर्चा गरिएको छ ।

मुटु स्वस्थ्य रहन्छ :
लसुनले मुटुसँग सम्बन्धित रोगहरुलाई दूर गर्छ । लसुन खानाले रगत स्वस्थ रहन्छ र हर्टअट्याकको खतरा कम भएर जान्छ । लसुन र महको मिश्रण खानाले धमनीमा जम्मा हुने खराब तत्व हराएर जान्छ जसले ब्लड सर्कुलेशनलाई सही तरीकाले मुटुसम्म पुर्याउँछ ।

उच्च रक्तचापबाट छुटकारा :
लसुन खानाले उच्च रक्तचापबाट छुटकारा दिलाउँछ । लसुनले ब्लड सर्कुलेशनलाई कन्ट्रोल गर्न मदत गर्छ । चिकित्सकहरुले उच्च रक्तचापबाट विरामीहरुलाई प्रत्येक दिन लसुन खान सल्लाह दिने गर्दछन् ।

पेट रोगमा फाइदा :
पेटसँग सम्बन्धित बिरामीहरु जस्तै डायरिया, कब्जियतको रोकथामका लागि पनि लसुनको सेवन निकै उपयोगी छ । पानी उमालेर त्यसमा लसुन राखेर खाली पेटमा खाने हो भने यसले डायरिया र कब्जियतबाट मुक्त गराउँछ । लसुनले शरीरमा रहेको हानिकारक तत्वहरुलाई बाहिर निकाल्न पनि मदत गर्छ ।


पाचन प्रणालीमा सहयोगी :
लसुनले हाम्रो पाचन प्रणालीलाई राम्रो बनाउने क्षमता राख्छ । खाली पेटमा लसुनको पोडा चपाएर खाने हो भने पाचन राम्रो हुन्छ र यसले खानामा रुची पनि बढाउँछ ।

तनावबाट मुक्ति :
यो कुरा थाहा पाएर हामीलाई अचम्म लाग्न सक्छ कि लसुनले तनाव कम गर्न पनि सहयोग गर्छ । हो, कतिपय अवस्थामा हाम्रो पेटमा एक यस्तो एसिड जम्मा हुन्छ जसले मानिसको मनलाई बेचैन बनाउन सक्छ । तर लसुनले यस्तो एसिड उत्पन्न हुन दिदैँन । लसुन खानाले टाउको दुःख्ने समस्या पनि कम गराउँछ ।

दाँतको दुःखाईबाट छुटकारा :
लसुनमा एण्टीबैक्टीरियल र दुःखाई कम गर्ने गुण पनि रहेको हुन्छ । यदि दाँतको दुःखाई छ भने लसुनलाई पिसेर दुःखाई भइरहेको दाँतमा लगाउँदा केही समयमै दुःखाई हटेर जान्छ । यति मात्रै होइन खाली पेटमा लसुनको सेवनले नसा झमझमाउने समस्या पनि हराएर जान्छ ।

रुघाखोकीमा राहत :
लसुनले स्वाससँग सम्बन्धित रोगहरुको रोकथाममा पनि सहायक भूमिका निभाउँछ । यस्तै रुघाखोकी, निमोनिया तथा ज्वरोका बिरामीहरुका लागि पनि लसुनले प्राकृतिक औषधीका रुपमा काम गर्छ ।

Next Post

प्रदेशस्तरीय भण्डारण कक्षको शिलान्यास

८ जेष्ठ २०७६, बुधबार १६:५३
सदरलाइनडटकम, नेपालगञ्ज : गृहमन्त्रालय र नेपाल नागरिक उडड्यन प्राधिकरणको साझेदारीमा विश्व खाद्य कार्यक्रमद्वारा सञ्चालन हुने गरी नेपालगञ्ज बिमानस्थलमा प्रदेश ५ स्तरीय फर्वाड लजिस्टिक बेस अर्थात् आपत्कालिन सामग्री भण्डारण कक्षको बुधवार शिलान्यास गरिएको छ । बेलायतकी अन्तर्राष्ट्रीय विकास मन्त्री बेनोरेस एलिजाबेथले आपतकालिन खाद्य भण्डारण शिलान्यास गरिन् । मे महिनाबाट निर्माण शुरु […]