नेपालगञ्ज र खजुराको बालकोष स्थापनाको लागि सहयोग

सदरलाइन संवाददाता १८ भाद्र २०७८, शुक्रबार ११:५१
 


नेपालगञ्ज : प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले बाल संरक्षण कोष स्थापनाका लागि नेपालगञ्ज उपमहानगर र खजुरा गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ । नेपालगञ्ज र खजुरामा स्थापना गरिएका बालकोषमा दुई लाख ५० हजार रुपियाँ सहयोग गरेको हो ।

प्लानको सहयोगमा सञ्चालन गरिएको रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना (प्राटेक्ट) अन्तर्गत नेपालगञ्ज उपमहानगरको बालकोषलाई एक लाख ५० हजार र खजुरा गाउँपालिकाको बाल कोषलाई ५० हजार गरेर दुई लाख ५० हजार सहयोग गरिएको क्लबले जनाएको छ ।

दुबै पालिकामा आयोजना गरिएको छुट्टाछुट्टै कार्यक्रममा प्लान नेपालका क्षेत्रीय प्रमुख मिना पराजुली, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी र अध्यक्ष राजेन्द्र चौधरीले नेपालगञ्ज उपमहानगरका कार्यवाहक मेयर उमाथापा मगर र सामाजिक विकास महाशाखाका उपसचिव शोभा शाहलाई तथा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति र उपाध्यक्ष एकमाया विकलाई चेक हस्तान्तरण गरेका थिए ।

चेक बुझ्दै नेपालगञ्ज उपमहानगरका सामाजिक विकास महाशाखाका उपसचिव शोभा शाहले यो सहयोगले जोखिममा रहेका बालबालिकाको उद्दार, मद्दत, राहात र पुनस्र्थापना लगायतका काममा ठुलो सहयोग पुग्ने बताईन ।


यसैगरि खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले पनि बालकोषमा गरिएको सहयोगले बाल संरक्षणमा ठुलो मद्दत गर्ने जनाउँदै पालिकाले पनि कोषमा रकम थप गर्दै जाने बताए ।

सो अवसरमा प्लान नेपालका कार्यक्रम विशेषज्ञ विनय ज्ञवाली, बाँके युनेस्को क्लबका महासचिव मिना तुलाधर, कार्य समिति सदस्य फिरदौस जहाँ, कार्यकारी निर्देशक रवि तुलाधर, वित्त प्रमुख वेद पंगाली, कार्यक्रम संयोजक महेश नेपाली, कार्यक्रम अधिकृत अनुप बर्मा लगायतको सहभागिता रहेको थियो ।

यसैगरि प्लान नेपालका क्षेत्रीय प्रमुख मिना पराजुलीको टोलीले खजुरा गाउँपालिका ४ को वडा कार्यालयमा गाउँपालिकाका युवा अभियन्ताहरुसंग उनीहरुले गरेकोमा कार्यहरु बारे जानकारी लिएकी छन् । सोही वडा कार्यालयमा सामाजिक व्यवहार परिवर्तन सञ्चार सम्बन्धी सन्देश प्रवाह गर्नका लागि सञ्चालन भैरहेको सेसनको समेत अनुगमन र अवलोकन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शुक्रवार गिद्ध दिवस मनाइँदै

१८ भाद्र २०७८, शुक्रबार ११:५१
नेपालगञ्ज : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा शुक्रवार अन्तर्राष्ट्रिय सचेतना गिद्ध दिवस मनाइँदै छ । प्रत्येक वर्षको सेप्टेम्बर ३ तारिखका दिन दिवस मनाइने गरिएको छ । निकुञ्ज कार्यालय, नेपाली सेना, एनटिएनसी, मध्यवर्ती समितिलगायतको सहभागितमा गिद्ध जोगाउनका लागि जनचेतना फैलाउनेजस्ता कार्यक्रम आयोजना गरिएको निकुञ्जका सूचना अधिकारी चौधरीले बताए । उनका अनुसार गिद्ध पाइने […]