सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा मंगलवार थप १ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसंगै बाँकेमा कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ३ सय ७३ पुगेको छ ।
नेपालगञ्जस्थित आदर्शनगर आइसोलेशन केन्द्रबाट खजुरा गाउँपालिका वडा नम्बर ३ का ४१ वर्षीय पुरुष निको भएर डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । अब आइसोलेशनमा ३२ जना छन् ।
