शिक्षासंग सरोकारवालाहरुको संयुक्त अनुगमन

सदरलाइन संवाददाता ५ बैशाख २०७९, सोमबार ००:००
 

नेपालगञ्ज  :  प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारीमा संचालित बाँके र बर्दियाका ६ गरि ७ वटा पालिकाहरुका २५ वटा विद्यालयमा परियोजना मार्फत संचालित परियोजनाको सरोकारवाला निकायबाट अवलोकन गरिएको छ ।

सोही क्रममा मधुवन नगरपालिकाको वडा नं १ र २ मा पर्ने सुर्य आधारभुत विद्यालय वडा नं २ र सरस्वती आधारभुत विद्यालय वडा नं १ को विद्यालयको अनुगमन तथा शिक्षक विद्यालय ब्यबस्थापन समिति तथा प्रधानाध्यापकसंग अन्तरकृया गरिएको छ ।

प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेबाट विद्यालय तहमा शिक्षक तालिम नमुना कक्षाकोठा ब्यबस्थापनका लागि सामाग्री सहयोग, आइसिटि सहयोगहरु भएको थियो । विद्यालयमा परियोजना संचालनपछि भएका असल अभ्यास तथा आगामी दिनमा परियोजनालाई दिर्घकालीन रुपमा विद्यालयमा नियमित राख्नका लागि विद्यालयका सरोकारवालाहरुको भुमिका तथा यसको प्रभावकारीताका बिषयमा समेट छलफल गरिएको थियो ।


सो अवसरमा सुर्य आधारभुत विद्यालयका प्रधानाध्यपक प्रशुराम चौधरीले विद्यालय तहमा परियोजना संचालन पछि कक्षागत विद्यार्थी भर्ना सकरात्मक रुपमा बढेको, बालविकास केन्द्रदेखि कक्षा ३ सम्म कक्षा सबलिकरणले बालबालिकाको बालमैत्री कक्षाको कोठाको रुपमा निर्माण हुदा बालबालिकाहरुको नियमितता बढेको बताए ।

उनले परियोजना संचालनपछि विद्यालयमा बालबालिकाहरुको निरन्तर विद्यार्थी मुल्याकंण प्रणालीलाई व्यवहारमा उतारेको, बसाई सराई बाहेक अन्य कारणले कक्षा नछाड्ने कारण ढटेको बताउदै औषत उपस्थिति दरमा बृद्धि भएको जानकारी दिए । नेपाली तथा गणितमा बालबालिकाहरुले अक्षर हरफ शब्दको उच्चारण गर्न सक्ने बानीको बिकास गनूका साथै लैगिंक समानतालाई प्रोत्साहन गर्ने शिक्षकको व्यवहारमा परिर्वतन गर्न सफल भएको बताए ।

अनुगमनका क्रममा मधुवन नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख नारायणप्रसाद खनालले बिगत ३ बर्षदेखि शिक्षा तथा खेलकुद शाखासंगको समन्वयकारी भुमिका निर्वाह गरि प्लान इन्टरनेशनल नेपाल तथा स्याक नेपाल बर्दियाले मधुवन नगरपालिकाको शिक्षामा गुणस्तिरीयता बढाउनमा सहयोग तथा हातेमालो गदै आइरहेको र परियोजना संचालन भएका विद्यालयमा शैक्षिक गुणस्तिर बृद्दि भएको पाएको बताउदै सहयोगको दायरा अझ प्रभावकारी रुपमा लैजान र सबै विद्यालयमा यसको कार्यान्वयनका लागि अपेक्षा गरेको बताउदै समन्वय र सहकार्यका लागि तयार रहेको बताए ।

अनुगमनमा शिक्षा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद खनाल, सस्थाका कार्यसमिति सदस्य कैलाशमान श्रेष्ठ, परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्मा, सुपरभाइजर दशलाल चौधरी, रेनु चन्द लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जलाई नमुना शहर बनाउँछु : मिश्र

५ बैशाख २०७९, सोमबार ००:००
नेपालगञ्ज : २०७४ सालको चुनावमा पशुपति दयाल मिश्र बाँके क्षेत्र नम्बर २ बाट संघीय सांसद पदको उम्मेदवार थिए । हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहमा जोडिएर एमालेको सूर्य चूनाव चिन्हबाट चुनाव लडेका मिश्र संघीय सांसदमा पराजित भए । अहिले उनी नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार हुन् । केही महिना अघि मात्रै […]