ठकुरी समुदायको पाँचाै बृहद भेला नेपालगन्जमा हुँदै

२२ चैत्र २०७४, बिहीबार १८:५९
 

सदरलाइन / सपना विष्ट  
२२ चैत, नेपालगन्ज : ठकुरी समुदायको हक अधिकार तथा कला र संस्कृति संरक्षणको लागि नेपालगन्जमा पाँचाै बृहद भेला आयोजना गरिने भएको छ । आगामी चैत २४ गते आयोजना गरिन लागेको सो भेलाले ठकुरी भए कै कारण राज्यले गरेको विभेदका बिरुद्ध एकताबद्ध हुने अवसर समेत मिलेको बताईएको छ ।
भेलाको तयारीको लागि नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ठकुरी सहयोग सञ्जालका किरण शाहले ठकुरी जातिको एकता नहुँदासम्म आफुहरु माथि राज्यले पूर्व शाशकहरु भएको भन्दै विभिन्न अवसरबाट बञ्चित गराएको दाबी गरे ।
उनले विभिन्न आफुहरुको भेलाको एउटै उद्देश्य सबै ठकुरी जातिहरु एउटै संगठनमा गोलबद्ध हुने र ठकुरी जातिको संबृद्धिको लागि पहल गर्ने बताए । उनले कर्णाली अञ्चलका विभिन्न जिल्लका १९ जना विपन्नलाई छात्रबृत्ति दिनुको साथै राज्यलाई विपत्ती परेको बेलामा विभिन्न खालका सहयोग समेत गर्दै आएको जानकारी दिए ।
स्थानीय आयोजकका रुपमा संयोग जंग शाहले नेपालगन्जको भेरी प्राविधिक शिक्षालयको हलमा आयोजना गरिने सो कार्यक्रममा १ हजार सहभागि हुने दाबी गरे । उने भने–‘देश विदेसमा रहेका सबै ठकुरीलाई नित्याईएको छ । केही आईसकिस्यो केही आउदै हाईसिन्छ ।’
उनले नेपालमा करिव ७ लाखको हाराहारीमा ठकुरी समुदाय भएको दाबी गरे । सो भेलामा ठकुरी समुदायसंग संबन्धित विभिन्न ५५ वटा संगठनलाई एउटै मञ्चमा राखेर एउटै संगठन निर्माण गर्ने गरी तयारी भएको समेत बताए ।

Next Post

खजुराको वडा नंबर २ मा भित्रियो आधुनिक स्प्रे मेसिन

२२ चैत्र २०७४, बिहीबार १८:५९
सदरलाइनडटकम २३ चैत, नेपालगन्ज  : स्थानीय सरकारले कृषिलाई क्षेत्रलाई प्राथामिकतामा राखेर कृषकलाई आधुनिक प्रविधिसंग जोड्न थालेको छ । यसक्रममा बाँकेको खजुरा गाउँपालिका क्षेत्रमा पहिलो पटक आधुनिक मेसिन जडान सहितको स्प्रे मेसिन भित्राइएको छ । वडा नम्बर २ ले पिछडावर्ग समुदायको निम्ती छुट्याएको लक्षित रकमले सो समुदायका किसानलाई अत्याधुनिक स्प्रे मेसिन […]