नेउबा संघ निर्वाचन : महासचिव पदको पुनः मतगणना तीन दिन स्थगित

सदरलाइन संवाददाता ५ भाद्र २०८०, मंगलवार १६:५६
 

नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिव पदको पुनः मतगणना कार्य तीन दिनलाई स्थगित गरिएको छ । निर्वाचन आयुक्त टिकाजंग सिंह अस्वस्थ भएर अस्पताल भर्ना भएपछि महासचिव पदको पुनः मतगणना कार्य तीन दिनलाई स्थगित गरिएको जनाइएको छ ।

सिंहले मंगलवार एक सूचना निकालेर आफू अस्वस्थ भएर अस्पताल भर्ना भएकाले तीन दिनसम्म निर्वाचनका बाँकी कार्यहरु तीन दिनका लागि स्थगित गरिएको उल्लेख गरेका छन् । चिकित्सकको सल्लाह अनुसार तीन दिनसम्म अस्पतालमै भर्ना भएर उपचार गर्नुपर्ने भएकाले तीन दिनसम्मका लागि निर्वाचन सम्बन्धि बाँकी कार्यहरु स्थगित गरिएको निर्वाचन आयुक्त सिंहले जानकारी दिएका छन् ।

महासचिव पदका उम्मेदवार टंकप्रसाद शर्माले पुनः मतगणनाको माग गर्दै निर्वाचन समितिलाई निवेदन दिएपछि पुनः मतगणना गर्ने निर्णय थियो । निर्वाचन आयुक्तको कार्यालयबाट हिजो एक सूचना जारी गर्दै आयुक्त सिंहले महासचिवका उम्मेदवार शर्माले मतगणना कार्यमा चित्त नबुझेको भन्दै मतपरिणाम घोषणा हुनु पूर्व नै निवेदन दिएकाले मंगलवार विहान ८ बजेदेखि पुनः मतगणना गर्ने जानकारी दिएका थिए ।


महासचिव पदको सम्पूर्ण मतगणना नगरी जबर्जस्ती ढंगले निर्वाचन आयुक्त शाहले अन्तिम मतपरिणाम घोषणा गरेको भन्दै पुनः मतगणनाको माग गरी निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको गरिएको थियो ।

केही मतपत्र गन्न बाँकी छँदै समावेशी प्यानलका भिमबहादुर रानाभाटलाई विजयी भएको घोषणा गरिएको भन्दै पुनः मतगणनाको माग गरिएको थियो । साझा प्रजातान्त्रिक समूहबबाट महासचिवमा शर्माले प्रतिष्पर्धा गरेका थिए । निर्वाचन समितिले रानाभाटलाई ६ मतले विजयी भएको घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवाद्वारा कृषि मूलबीउ उत्पादन शुरु

५ भाद्र २०८०, मंगलवार १६:५६
डुडुवा (बाँके) : किसानलाई विउवितरण गर्न डुडुवा गाउँपलिकाले यस वर्षदेखि वीउ उत्पादनको काम शुरु गरेको छ । यस वर्ष धान रोपाई हुनु अगावै धानको मुलबीउ उत्पादन गर्न पालिकाअन्र्तगत करिब ३० हेक्टर जमिनमा बीउ छरिएको छ । किसानहरुको जमिनमा लगाइएको मुलबीउपछि उन्नत बीउ तयार गरि आगामी वर्ष किसानहरुलाई वितरण गरिने कृषि […]