सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज कोरियनपुरका अविनाश बोहरा पहिलोपटक नेपाली क्रिकेट टोलीमा समावेश भए । पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेर उनले आम दर्शकको मन जितेका छन् । ६ विकेट लिएर उनी म्यान अफ द सिरिज हुन सफल भएका थिए ।
संयुक्त अरब इमिरेट्स (युएई)सँगको टि–ट्वान्टी क्रिकेट श्रृङ्खला जित्ने नेपाली राष्ट्रीय टोलीका सदस्य बोहरालाई बुधवार गृहनगर नेपालगञ्जमा नगर परिक्रमा गरी भव्य स्वागतसहित सम्मान गरिएको छ ।
बोहरालाई बाँके जिल्ला क्रिकेट सङ्घको आयोजनामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य सुरेन्द्र हमाल र नेपालगञ्ज उप–महानगरपालिकाका उपमेयर उमा थापाले खेलाडी बोहरालाई सम्मान गरे । सो अवसरमा बाँके जिल्ला क्रिकेट सङ्घका अध्यक्ष दुर्गा थापाले बोहरालाई १० हजार रुपैयाँ सहयोग प्रदान गरे ।
![](https://sadarline.com/wp-content/uploads/2022/07/3.jpg)