सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा जारी तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सव एक दिनका लागि स्थगित गरिएको छ । कोहलपुर वडा नं. १२ का वडाध्यक्षको असामहिक निधनप्रति दुख ब्यक्त गर्दै शुक्रवार एक दिन महोत्सवको सम्पूर्ण साँस्किृतक कार्यक्रम स्थगित गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिले जनाएको छ ।
महोत्सव मुल समारोह समितिका संयोजक हेम विक्रम जिसीले एक विज्ञप्ती जारी गर्दै मृतक खड्का प्रति श्रद्धाञ्जलीसमेत ब्यक्त गरेका छन् । साँस्किृतक कार्यक्रमका साथै दर्शकहरुको सुविधालाई मध्यनजर गर्दै महोत्सवका सम्पूर्ण गतिविधि शुक्रवार एक दिनकालागि बन्द गरिएको विज्ञप्तीमा उल्लेख गरीएको छ ।
बिहीवार रातीदेखि परेको अविरल वर्षाका कारण महोत्सव स्थल हिलाम्मे भएकाले महोत्सवमा आउने दर्शकहरुको सुविधालाई मध्यनजर गर्दै शुक्रवार महोत्सव स्थगित गरिएको महोत्सव आयोजक मुल समारोह समितिका संयोजक जिसीले बताएका छन ।
लगातारको वर्षाले महोत्सव परिसरमा राखिएका स्टल, मञ्चलगातका भौतिक संरचनामा असर पुग्नुका साथै महोत्सव अवलोकनकर्ताहरुलाई आवतजावतमा समेत समस्या देखिएकाले एक दिनकालागि महोत्सव स्थगित गरिएको बताईएको छ । जिसीद्धारा जारी विज्ञप्तीमा शनिवारदेखि महोत्सव महोत्सव समापन नहुँदासम्मका सबै साँस्किृतक कार्यक्रमहरु पुर्व निर्धारित समयमै हुने जनाईएको छ ।