खजुराको वडा नंबर २ मा भित्रियो आधुनिक स्प्रे मेसिन

२३ चैत्र २०७४, शुक्रबार ०९:४६
 

सदरलाइनडटकम
२३ चैत, नेपालगन्ज  : स्थानीय सरकारले कृषिलाई क्षेत्रलाई प्राथामिकतामा राखेर कृषकलाई आधुनिक प्रविधिसंग जोड्न थालेको छ । यसक्रममा बाँकेको खजुरा गाउँपालिका क्षेत्रमा पहिलो पटक आधुनिक मेसिन जडान सहितको स्प्रे मेसिन भित्राइएको छ ।
वडा नम्बर २ ले पिछडावर्ग समुदायको निम्ती छुट्याएको लक्षित रकमले सो समुदायका किसानलाई अत्याधुनिक स्प्रे मेसिन वितरण गरीएको वडा अध्यक्ष देविलाल शर्माले जानकारी दिए ।
वडा भित्र रहेका पिछडा वर्गको आर्थिक सम्वृद्धि लागि वडाले स्प्रे एक हजार लिटरको टंकी सहित मेसिन उपलव्ध गराएको हो । सो आधुनिक मेसिनले एकै स्थानबाट ४ कट्ठा क्षेत्रफलमा औषधि छर्कन सक्ने क्षमता रहेको नेपाल पिछडावर्ग महासघं वडा समितिका संयोजक गेनालाल मुराउले जानकारी दिए ।
एक विगाह क्षेत्रफल भएको बालिलाई ३० मिनेटमै स्प्रे गर्न सकिने मुराउले बताए । कृषिमा आधुनिकिकरण गर्न वडाले खजुरा क्षेत्रमै पहिलो पटक अत्याधुनिक स्प्रे टंकी मेसीन भित्राएको वडा अध्यक्ष खनालले बताए ।
यसैबीच वडा नम्बर २ को आयोजनामा विहिबारदेखि ४० जना महिलाहरुको लागि दुई दिने सस्थागत सुधार क्षमता विकास तालिमसमेत सुरु भएको छ ।


 

Next Post

प्रधानमन्त्री ओलीलाई दिल्लीमा स्वागत

२३ चैत्र २०७४, शुक्रबार ०९:४६
सदरलाइनडटकम २३ चैत, नेपालगन्ज :  प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका छन् । नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । अघिल्लो पटक २०७२ फागुनमा भारत भ्रमणमा जाँदा प्रधानमन्त्री ओलीलाई विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन् […]