गाउँमा चौकीदार छनौटका लागि निर्वाचन

२२ माघ २०७३, शनिबार १०:३८
 

सदरलाइनडटकम  
२२ माघ, नेपालगन्ज : बाँकेको ईगाउमा चौकिदारको छनौटको लागि पहिलोपटक निर्वाचन भएको छ । मुलुकमा लामो समयदेखिको स्थानीय निकायको निर्वाचन हुन नसकेकोले गाउ र टोलमा निर्माण हुने विभिन्न खाले समितिहरु चयन हुँदा समते निर्वाचन हुन थालेको छ ।
यसको प्रत्यक्ष उदाहरण भनेको बाँकेको बागेश्वरी गाविस ८ ईगाउँमा चौकीदार चयनका लागि भएको मतदानलाई लिन सकिन्छ ।
गाउँमा हुने सामाजिक काम, भेलासहित, व्यक्तिगत बिवाह, ब्रतबन्ध, पुजापाठ लगायतको सूचना दिने चौकीदार छनौटका लागि भएको गाउँभेलामा दुईजनाले आ–आफ्नो दावी प्रस्तुत गरेपछि एकले अर्कोलाई छाड्न सहमत नभएपछि शनिबार मतदानबाट टुंगो लगाइएको हो ।
गाउँमा रिक्त रहेको चौकीदार चयनका लागि भएको भेलामा स्थानीय मने सुनार र भिमसिंह सुनारले आ–आफ्नो दावी प्रस्तुत गरेका थिए । शनिबार भएको मतदानमा ८० मत प्राप्त गरी मने सुनार विजयी भएको स्थानीय मनकामना आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराम बिसीले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार प्रतिष्पर्धी भिमसिंह सुनारले ७६ मत प्राप्त गरे । गाउँमा चौकीदार छनौटका लागि विद्यालयका शिक्षक मानबहादुर सुनारको संयोजकत्वमा निर्वाचन समिति गठन गरि मतदान गरिएको थियो ।
गाउँमा रहेको २०४ घरधुरीलाई मतदाताका रुपमा समावेश गरिएको थियो । जम्मा १६६ मत खसेकोमा १० मत बदर भएको थियो । चौकीदार चयनका लागि यसरी औपचारिक मतदान भएको सम्भवतः पहिलोपटक भएको स्थानीयले जनाएका छन् । गाउँमा हुने सामाजिक काम, भेलासहित, व्यक्तिगत बिवाह, पुजापाठ लगायतको सूचना चौकीदारले प्रत्येक घरधुरीमा पु¥याउनु पर्दछ । यसबापत उनीहरुलाई गाउको सदस्य रहेका प्रत्येक घरधुरीबाट वार्षिक साढे १२ किलो धान पारिश्रमिकको रुपमा उपलब्ध गराउने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आमसञ्चार विश्वविद्यालय स्थापना गर्नेबारे सञ्चारमन्त्री कार्कीको ऐक्यबद्धता

२२ माघ २०७३, शनिबार १०:३८
सदरलाइनडटकम  २५ माघ काठमाण्डौं : सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले नेपालमा आम सञ्चार विश्वविद्यालयको खाँचो रहेको बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनले आमसञ्चार विश्वविद्यालयको पहलको लागि आयोजना गरेको बृहत्त अन्तरक्रिया कार्यक्रममा मन्त्री कार्कीले यस्तो बताएका हुन् । मन्त्री कार्कीले नेपालको पत्रकारिता चर्चामैत्री भएको […]

सम्बन्धित