
सदरलाइनडटकम
२१ चैत, नेपालगन्ज : हालै भारतको लखनउमा सम्पन्न भएको ह्याण्डबल साउथ एशियनसिप प्रतियोगितामा उपबिजेता हुने नेपाली टिमलाई नेपालगन्जमा भब्यरुपमा स्वागत गरिएको छ । ह्याण्डबलको महिला टिमले बंगलादेशलाई पराजित गर्दै उपबिजेता भएको थियो ।
उमा राइ नेतृत्वको टिमलाई मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले आज बुधवार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष एवं प्रदेश सभाषद सुरेन्द्र हमालले ह्याण्डबल क्षेत्रमा पाएको प्रगतिलाई अझै निरन्तरता दिनुपर्ने बताए । यस्तै मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले आगामी दिनमा ह्याण्डबलका क्षेत्रलाई प्रोत्साहान गर्ने बताए ।