७ ग्राम २ सय मिलिग्राम ब्राउन सुगरसहित चारजना प्रहरी नियन्त्रणमा

१८ आश्विन २०७५, बिहीबार २२:५८
 

सदरलाइनडटकम
नेपालगञ्ज : प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जको टोलीले करिव ७ ग्राम २ सय मिलिग्राम प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
प्रहरी निकट स्रोतले दिएको जानकारी अनुसार प्रहरीको सो टोलीले ६ ग्राम ब्राउन सुगर सहित भे ५ प २४२८ बाट सुर्खेत जाँदै गरेको अवस्थामा नेपालगञ्ज २० राँझा चोकबाट बिहीबार साँझ सवा ४ बजे विरेन्द्रनगर नगरपालिका– १२ को वर्ष ३० जीवन सोमई र सोही ठाँउका वर्ष २१का निरक राईलाई नियन्त्रणमा लिएको हो ।
यसैगरी सोही ब्यूरोबाट खटिएको अर्को टोलीले जमुनाहबाट नेपालगञ्ज आउदैे गरेका बर्दिया बाँसगढी नगरपालिका–२ का राजा नेपालीसहित अर्का एकजनाबाट १ ग्राम २सय मिलि ग्राम ब्राउन सुगर बरामद गरी आवश्यक अनुसंधानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाईएको छ ।
यसैबीच बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अरुण पौडेलले ७ ग्राम २ सय मिलिग्राम प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिए । उनले पक्राउ परेका चारैजना उपर लागु औषध कारोबार एैन अन्तरगत अनुसन्धान र कारवाही प्रकृया अघि बढ्ने बताए ।

Next Post

दैलेख केन्द्रविन्दु बनाएर तीनपटक भूकम्पको धक्का

१८ आश्विन २०७५, बिहीबार २२:५८
सदरलाइनडटकम, दैलेख : दैलेखमा शुक्रवार दिउँसो लगातार तीन पटक भूकम्प गएको छ । नारायण नगरपालिका वडा नम्बर १० भवानीलाई केन्द्रबिन्दु बनाएर तीन पटक भूकम्प गएको हो । दिउँसो ११ बजेर ५५ मिनेट जाँदा पहिलो, १२ बजेर ५३ मिनेटमा दोस्रो र १ बजे तेस्रोपटक भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ […]