यसरी भयो ‘नेपालगन्ज कप’ क्रिकेट प्रतियोगिताको टिम अक्सनमा विडिङ्ग

२० चैत्र २०७४, मंगलवार २१:१७
 

सदरलाइन डेस्क
२० चैत, नेपालगन्ज : बाँके आफैमा पनि तातो ठाँउ तर मंगलवार नेपालगन्जको माहोल अझ तात्तिएन पुग्यो । त्यसको कारण थियो आगमाी महिना आयोजना हुने ‘नेपालगन्ज कप’ क्रिकेट प्रतियोगिताको टिम अक्सनले ।
नेपालगन्जको सिद्र्धाथ कटेजमा मंगलवार कुन टिमले सबै भन्दा महंगो बोली पाउने र कुन टिममा सबैभन्दा बढी रकम बिडिंग गर्ने भन्ने कुराको चासो आउने अतिथिहरुको बिचमा चासोको विषय थियो ।
नेपालगन्ज मै पहिलो पटक गरिएको अक्सन कति पए क्रिकेट प्रेमी,अतिथिहरुको लागि नौलो विषय पनि थियो । दिउसो ४ बजे निर्धारित गरिएको समयमा सुरुवात भएको अक्सनमा विभिन्न पेशाका व्यतिmत्वहरुको उपस्थितिले अझै रोमान्चक बनेको थियो । न्युनतम रकम पचास हजरबाट सुरु भएको बिडिंगमा टिम खरिदका लागि अप्रत्याक्षित परिणाम आएको थियो ।
काठमाण्डौबाट टिम किन्न नेपालगन्ज आएका पाण्डा ईभेन्ट्सका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले सुरुमा थोरै अलमलमा परे पनि पछि भने बिडिंग रमाईलो भएको प्रतिक्रिया दिए ।
पुर्व क्रिकेटर दांगका रुपेश शर्माले यस वर्ष टिम अक्सनबाट नेपालगन्जको व्यवसायिक क्रिकेट सुरु भए पनि आउँदो वर्षमा खेलाडीहरुको अक्सनलाई प्राथमिकता दिन आयोजकलाई सुझाव दिए ।
अक्सनमा विभिन्न क्षेत्रबाट आएका व्यतिmत्वहरुका लागि निकै उत्साहजनक बनेको थियो, आयोजक ग्रीन ईभेन्टोले पहिलो पटक प्रदेश नम्बर ५मा आयोजना गरेको मंगलवारको अक्सनले क्रिकेटको क्रेज अझै बढेर जाने प्रतियोगिताका प्रबन्ध निर्देशक मोहम्मद रफि एराकीले बताए ।

जीसान बाँके ब्लास्टर बन्यो नेपालगन्ज कपको महंगो टिम

निकै प्रतिक्षित नेपालगन्ज कपको अक्सन मंगलवार भएको छ । नेपालगन्ज कपको अक्सनमा सर्वाधिक महंगो टिम जिसान बांके ब्लास्टर बनेको छ । नेपालका अन्तराष्ट्रिय खेलाडी महेश क्षेत्रीको कप्तानीमा रहेको जिसान बांके ब्लास्टरका लागि सर्वाधिक बिडिंग लागेको थियो । न्युनतम रुकम पचास हजारबाट सुरु भएको बिडिंगमा बाँके ब्लास्टर दुई लाख चालिस हजारमा जिसानले बाजी मारेको थियो ।
त्यस्तै सबैभन्दा लामो बिडिंग पनि जीसान बांके ब्लास्टरकै लागि लागेको थियो । त्यसै गरि बर्दिया टाईर्गसलाई अर्घाखाचीले किनेको छ । सबैभन्दा पहिलो बिडिंग अर्घाखाची बर्दिया टाईर्गसबाट सुरु भएको थियो । अर्घाखाची बर्दिया टाईर्गसका कप्तान सुवेन्दु पाण्डे रहेका छन् ।
सौरभ खनालको कप्तानीमा रहेको रोल्पा गोरिल्लाजलाई मध्यपश्चिम क्रीकेट क्लवले किनेको छ । मध्यपश्चिम गोर्खा गोरिल्लाज बनेको छ । एयाबरोल लुम्बिनी यात्रीजका लागि पनि रोमान्चक बिडिंग लागेको थियो । एयाबरोल लुम्बिनी यात्रीजका कप्तान कृष्ण कार्की रहेका छन् ।
अर्जुन पाण्डेले दंगाली गोर्खाजलाई आफनोे बनाएका छन् । दंगाली गोर्खाजका कप्तान अमर सिंह रौटेला रहेका छन् । आर्शिवाद पेन्ट्स पाल्पा योद्दाजसंग अनुबन्ध बनेको छ । आर्शिवाद पेन्ट्स पाल्पा योद्दाजका कप्तान सिद्धान्त राज शाही रहेका छन् ।
नेपालगन्ज कप यहि आउदो बैशाख ३ गतेबाट १२ गतेसम्म प्रस्तावित कोहलपुरको अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुदै छ । ग्रीन ईभेन्टो प्रालि का प्रबन्ध निर्देशक मोहम्मद रफि एराकीले टिम अक्सन सोचे भन्दा निकै राम्रो भएको बताए ।
त्यसैगरि पहिलो पटक भएको टिम अक्सनले क्रिकेट के्रज अभै बढेर जाने प्रतियोगिताका ईभेन्ट डाईरेक्टर सौगात विक्रम शाहले बताए । प्रतियोगिताका विजेतालाई १ लाख दस हजार रहेको छ भने उप विजेतालाई साठी हजार रहेको छ ।

नेपालगन्ज कपको टिम अक्सनले पाएको टिम

१.एयाब्रोल लुम्बिनी यात्रीज
२.आर्शिवाद पेन्ट्स पाल्पा योद्दाज
३.र्अगखाची बर्दिया टाईर्गस
४.दंगाली गोर्खाज (अर्जुन पाण्डे)
५.मध्य पश्चिम क्लब रोल्पा गोरिल्लाज
६.जिसान बांके ब्लास्टर


त्यसैगरि अक्सनमा विभिन्न खेल पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । राष्ट्रिय खेलकुद परिषदका केन्द्रीय सदस्य विनोद मैनाली, मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भिम ओली, बांके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गाबहादुर थापा, राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान लेखबहादुर क्षेत्र लगायत विभिन्न खेलकुदकर्मीको उपस्थिति थियो ।

    

 

Next Post

‘बाँकेले समृद्धिको सपना देखेको छ ’

२० चैत्र २०७४, मंगलवार २१:१७
नेपालगन्ज निवासी भवानी राणा नेपाल उद्योग वाणिज्य महासंघ जस्तो नीजि क्षेत्रको ठुलो संस्थाको अध्यक्ष छिन् । यति ठुलो संस्थाको नेतृत्वकर्ता भएपछि स्वभाविकरुपमा उनीबाट बा“केले आर्थिक विकासको मुद्दामा धेरै अपेक्षा गरिएको हुन्छ नै । उनले सकेजति काम गर्ने पनि आश्वान दिएकी छन् । प्रस्तुत छ, उनीसंग सदरलाइनडटकमले गरेको कुराकानी , संघीय […]

सम्बन्धित