वडा न १० मा सरसफाई

९ असार २०७५, शनिबार २२:२२
 

सदरलाइनडटकम,
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा न १० मा शनिबार सरसफाई गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा १० न वडा कार्यालय र इम्प्रोकको आयोजनामा विहान सडक सरसफाई गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मुल गेटबाट शुरु सरसफाई जेलरोड, गणेशमान चौक हुँदै आदर्शनगर गणेश मन्दिर पुगेर समापन गरिएको थियो । वडा अध्यक्ष बिन्दु भुषण बस्नेतको नेतृत्वमा वडा कार्यालयका कर्मचारी, स्वयमसेवीका, सरसफाईकर्मी, बाल क्लवका प्रतिनीधी, स्थानीय अगुवा लगायतले झाडु लगाएर सडक सरसफाई गरेका थिए ।
सरसफाई सचेतना प्लेकार्ड सहित शुरु गरिएको सरसफाई कार्यक्रममा सडक किनारका घरधनी र पसलेलाई आफनो फोहर आफै व्यवस्थापन गर्न पनि अनुरोध गरिएको थियो ।

Next Post

डिष्टिक गभर्नर शर्मासहित चारजना सम्मानित

९ असार २०७५, शनिबार २२:२२
सदरलाइनडटकम, नेपालगन्ज : लायन्स क्लव ईन्टरनेशनल डिष्टिक ३२५ बि २ क्षेत्र नं. ६ ले डष्टिक गभर्नर मधुसूदन शर्मासहित विभिन्न क्षेत्रमा योगदान पुराएका चारजनालाई सम्मान गरेको छ । नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरी डिष्टिक गर्भनर शर्माले आफ्नो कार्यकालमा लायनबादको विकासमा ७६ वटा क्लव खोल्न सफल भएको भन्दै सम्मान गरिएको हो । […]

सम्बन्धित