दशै लिएर घर फर्कने कालिपारेहरुको सीमा क्षेत्रमा दैनिक बृद्धि हुँदै

सदरलाइन संवाददाता २३ आश्विन २०८१, बुधबार १९:०७
 

नेपालगञ्ज : भारतका विभिन्न शहरमा दशैको जोह गर्ने उद्देश्यले कमाउन गएका नेपालीहरु दसैँको लागि आवश्यक सामलको जोहो गरेर घर फर्किर्नेहरुको सिमा क्षेत्रमा लर्को नै छ ।

नेपालगञ्जको जमुनाहा नाकामा भारतका बिभिन्न स्थानबाट यतिबेला घर फर्किएका नेपालीको भीड लाग्न थालेको हो । नेपालगञ्जको जमुनाहा नाका हुँदै घर फर्किने नेपालीहरु लर्को नै देखिने गरेको हो । मौसमी कामका लागि भारतको कालापहाड, प्रयाग, सिमला, लद्दाक, कारगिललगायत ठाउँमा पुगेर कमाई गरी दशै बोकेर घर फर्किएका हुन् ।

नेपालगञ्ज नाकामा यतिबेला दैनिक १० हजारभन्दा बढी नेपाली घर फर्किने गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

उनले कालिपारेलाई सुरक्षित घरपुग्ने बाताबरणका लागि सीमा क्षेत्रमा काउन्टरपार्ट समेतको सजगता अपनाईएको बताए । यसैकारणले नाकामा आइपुगेपछि वा यात्राका क्रममा नेपाली लुटिने घटना यसपाली हालसम्म नघटेको बताए ।

भारतबाट आएका कालिपरेहरुलाई नाकामा पुगेर तानातान गर्ने अटो चालक, होटल सञ्चालक वा प्रतिनिधिलाई पनि प्रहरीले कडाइ गरेको छ । उनीहरुका लागि प्रहरीले विभिन्न स्थानमा नागरिक सहायता कक्ष निर्मण गरी सहजिकरण गरेको उनले जानकारी दिए ।


विशेष गरेर कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट मौसमी कामका लागि नेपालगञ्ज नाका हुँदै ठूलो संख्यामा भारतमा जाने गर्दछन् । घरपरिवारसँग बसेर दसैँ मनाउने उद्देश्य बोकेर उनीहरू घर फर्किरहेका हुन्छन ।

दैलेखका महेश खड्काले स्वदेशमा रोजगारी नभएपछि आफुहरु बाध्यभएर रोजगारीका लागि भारतको सिमला गएको र दशैतिहार मानेर फेरी फर्कनको गरे आएको बताए । उनले अरु बेला बाहिर रहे पनि चाडबाड घरपरिवारसँगै बसेर मनाउनका लागि दशैको जोहो गरेर आएको बताए ।

भारतको लद्दाखबाट दशै मनाउन घरफर्कनु भएका सल्यान श्रीनगरका हरि खड्काले देशमा रोजगारको अवस्था नभएको कारण दशै तिहार मनाउने वित्तिकै रोजगारको लागि भारत फर्कने बताए ।

यतिबेला दशै तथा पर्वको बेलामा नेपालगञ्जको जमुनाह नाकाको सिमा क्षेत्रमा ठूलो संख्यामा दशै लिन गएका स्थानीय भाषामा कालिपारेहरुलाई लक्षित गरी प्रहरीले विषेश सुरक्षा अभियान चलाएको कारण उनीहरु लुटिनबाट जोगिएको हुन ।

प्रहरीले विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेर उनीहरुलाई घरसम्म पुग्नको लागि व्यवस्था मिलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज भन्सार बैरियरगेट जमुनाह सारियो

२३ आश्विन २०८१, बुधबार १९:०७
नेपालगञ्ज  : सीमा क्षेत्रका स्थानीयको लामो समयदेखिको माग अनुसार नेपालगञ्ज भन्सार कार्यालय बाँकेले कार्यालयको गेट अगाडी भएको चेकजाँचको बेरियरलाई नेपाल भारत सीमानाका जमुनाह नजिकै सारेको छ । बुधबार सीमा नाकामा चेकजाँचको बेरियरलाई सारेसँगै यात्रु शाखाको बेरियर गेट खुल्ने समय पनि बढाएको भन्सार कार्यालय बाँकेले जनाएको छ । भन्सार कार्यालय नेपालगञ्जका […]

सम्बन्धित