यस वर्षपनि नेपालगञ्जमा रामलीला मञ्चन गरिने

३० भाद्र २०७५, शनिबार १३:२५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : प्रत्येक वर्ष झैं यस वर्षपनि नेपालगञ्जमा रामलीला मञ्चनको तयारी गरिएको छ । बडा दशैंका अवसरमा हुँदै आएको रामलीला महोत्सव १ सय ५१ औं वर्षमा प्रवेश गरेकोले रामलीला नाटक मञ्चनलाई भब्य, सभ्य र सफल बनाउन तयारी गरिएको हो ।
ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको रामलीलालाई भव्य, सभ्य र सफल बनाउन विभिन्न तयारी गरिएकोे छ । नेपालगञ्जका बिभिन्न व्यक्तित्व सम्मिलित रामलीला सञ्चालक समितिले हरेक वर्ष शारदीय नवरात्रीमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको रामलीला सञ्चालन गर्दै आएको छ ।
नेपालगञ्ज १३ बाँके बगियास्थित रामलीला मैदानमा असोज २४ देखि कार्तिक ३ गतेसम्म सञ्चालन हुने रामलीलाको सफलता र प्रभावकारिताका लागि परामर्शका सथै आवश्यक तयारी थालिएको छ । रामलीला सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोषकुमार कनोडियाको अध्यक्षतामा बसेको वैठकले सरोकारवालासँग परामर्श गर्दै प्रचारप्रसारलाई तीव्रता दिनेलगायत निर्णय गरेको छ । करीव १५ लाख खर्चको अनुमान गरिएको रामलीला सञ्चालनका लागि भारतको बृन्दावनधामका प्रसिद्ध कलाकारले नाटक मञ्चन गर्ने समितिका कार्यवाहक अध्यक्ष कनोडियाले जानकारी बताए ।
रामलीला अवलोकनको सहज व्यवस्था र शान्ति सुरक्षाको उचित प्रवन्धमा विशेष जोड दिइएको समितिका महामन्त्री जगदिशप्रसाद वैश्यले जानकारी दिए । असोज २४ गते दिउँसो भव्य शोभा यात्रासँगै साँझ रामलीला प्रारम्भ हुने प्रचार मन्त्री बिष्णु कुमालले बताए । उनले रामलीलामा २८ गते धनुष यज्ञ, कार्तिक २ गते रावण वध र कार्तिक ३ गते भरत मिलाप तथा शुभ राज्याभिषेकलगायतका महत्वपूर्ण प्रस्तुती रहनेछन् । पहिलो पटक रामलीला सञ्चालनको ऐतिहासिकता, सांस्कृतिक महत्व केन्द्रित स्मारिका प्रकाशन गरिने प्रचार मन्त्री कुमालले बताए ।

Next Post

विश्व वातावरण दिवसका अवसरमा खजुरामा सरसफाई

३० भाद्र २०७५, शनिबार १३:२५
सदरलाइनडटकम, खजुरा (बाँके) : विश्व वातावरण दिवस २०७५ का अवसरमा बाँकेको खजुरामा वृहद् सरसफाई गरिएको छ । खजुरा गाउँपालिकाको आयोजनामा भएको सरसफाई कार्यक्रममा नेपाल रेडक्रस सोशाइटी वागेश्वरी उपशाखा, आधुनिक युवा संजाल खजुरा, दङ्गा नियन्त्रण गण, इलाका प्रहरी कार्यालय धनौली, शिक्षक, राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणहरुको सहभागितामा सरसफाई गरिएको हो । इलाका […]

सम्बन्धित