ठुलो परिमाणको अवैध सामान बरामद

सदरलाइन संवाददाता १२ मंसिर २०७८, आईतवार १४:५२
 

नेपालगञ्ज : सशस्त्र प्रहरीले ठुलो परिमाणको अवैध सामान बरामद गरेको छ । भन्सार छली गरेर ल्याइँदै गरिएको ठूलो परिमाणमा अवैध लत्ताकपडा नेपालगञ्जबाट बरामद गरिएको हो ।

नेपालगञ्जस्थित सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब भुपेन्द्र रोकायको नेतृत्वमा गएको टोलीले भारतबाट भन्सार छली गरेर नेपालगञ्ज १५ पिपराहवा हुँदै ल्याउँदै गरेको ठुलो परिमाणको अवैध लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले जानकारी दिए ।


शनिवार राती २ बजे २ लाख २५ हजार ५ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरी आबश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महाधिवेशनअन्तर्गत काँग्रेस बाँकेको मंसिर १४ गते निर्वाचन

१२ मंसिर २०७८, आईतवार १४:५२
नेपालगञ्ज : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आइतवरादेखि बाँके जिल्लाको निर्वाचन प्रक्रिया शुरु भएको छ । मतदाता नामावली प्रकाशन, मनोनयन फाराम वितरण गरिएको समितिका संयोजक एवम् जिल्ला निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले बताए । आइतवार दिउँसो २ बजे मतदाता नामावली प्रकाशन गरी उम्मेदवारी फाराम वितरण गरिएको उनले बताए । सोमवार […]