दुई सातादेखि बेपत्ता खत्रीको खोजीको लागि परिवारजनको आग्रह

सदरलाइन संवाददाता २८ माघ २०७७, बुधबार १९:१०
 

राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिका–२ खोरियाका हेमराज खत्री गत दुईसातादेखि बेपत्ता भएका छन् । उनको सकुशल खोजीको लागि उनकी पत्नी कल्पना ओलीले सबैसंग आग्रह गरेकी छन् ।

घरबाट कुखुराको लागि औषधि किन्न निस्केका बेपत्ता श्रीमानको खोजतलासको लागि उनले ईलाका प्रहरी कार्यालयमा समेत निवेदन दिएपनि कुनै अत्तोपत्तो नभएको उनको गुनासो छ ।

उनले प्रहरीमा एकजना ब्यक्तिको नामसहित किटानी जाहेरी दिदा पनि प्रहरीद्वारा खोजीको लागि चासो नदेखाईएको उनको गुनासो छ । ७ वर्षिय छोरा सुजनसहित बुधबार पत्रकार महासंघ बाँकेमा पत्रकारसँग कुरा गर्दै ओलीले आफ्ना पति हेमराज खत्री माघ १४ गतेदेखि घर परिवारको सम्पर्कमा नआएको बताईन् ।


हेमराज र कल्पनाबीच २०६९ मा विहे भएको हो । कल्पनासँग विहे भई छोराको जन्म भएपछि हेमराजले पटक–पटक राप्तीसोनारी–५की एक युवतीसँगको सम्बन्धमा रहेको दावी कल्पनाको छ ।

माघ १४ गते घरबाट कुखुराको औषधी लिन आएका हेमराज सम्पर्कविहिन रहेको कल्पनाले बताईन् । विगतमा श्रीमानसँग सम्बन्धमा रहेकी युवतीलाई पक्राउ गरेपछि वास्तविकता खुल्ने कल्पनाको भनाई छ ।

यसैबीच ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज तथा प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले खत्रीको खोजतलासको लागि पीडितले किटानी जाहेरी दिएको भएपनि आवश्यक अनुसन्धानकै क्रममा रहेको बताए । उनले भने–‘जाहेरी आएको छ हामी अनुसंधान मै छौ ।’

Next Post

राष्ट्रिय महिला लिगमा बिहीवार दुई खेल हुँदै

२८ माघ २०७७, बुधबार १९:१०
काठमाण्डौ : राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा बिहीवार दुई खेल हुँदै छन् । पहिलो खेलमा दिउँसो १२ बजे उदयपुरको चौदण्डीगढी नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिका खेल्ने छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । यस्तै, आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिका खेल्ने छन् । यो खेल […]