थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ७८

३ जेष्ठ २०७७, शनिबार १६:५७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा पुनः २ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै शनिवार मात्र नेपालमा ११ जना कोरोना संक्रमित थपिएका छन् । शनिवार विहान ९ जनामा कोरोना भाइरस पुष्टि भएको थियो ।
दिउँसो पुनः थप २ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार संक्रमित हुनेमा महोत्तरीका ५२ बर्षीय र काभ्रेका २६ बर्षीय पुरुष रहेका छन् । पछिल्लो थपिएका सहित नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ ।

Next Post

नरैनापुरबाट २ सय ६३ को स्वाब संकलन

३ जेष्ठ २०७७, शनिबार १६:५७
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाबाट २ सय ६३ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । यहाँ आठ जना कोरोना संक्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङ्ग गरी शनिवार २ सय ६३ जनाको थ्रोट स्वाब संकलन गरिएको हो । बैशाख ३१ र १ गतेको बीचमा नरैनापुरको दुई वटा क्वारेन्टाइनबाट संकलन गरिएको थ्रोट […]