उन्नत जातको पशुपालन गर्न अनुरोध

१९ चैत्र २०७४, सोमबार १९:३४
 

सदरलाइनडटकम   
१९ चैत, अगैया (बाँके) : व्यवसायिक रुपमा पशुपालन गर्ने किसानहरुको आम्दानी राम्रो भएको भन्दै किसानहरुलाई उन्नत जातको पशुपालन गर्न अनुरोध गरिएको छ । बाँकेमा पशुपालका दृष्टीले राम्रो मानिएको राप्तीसोनारी गाउँपालिकाका किसानहरुलाई उन्नत जातको पशुपालन गरी आयस्तर बढाउन अनुरोध गरिएको हो ।
किसानहरुलाई पशुपालमार्फत आत्मनिर्भर बनाउने र प्ुपालका लागि आवश्यक प्राविधिक ज्ञान दिने उद्देश्यले आयोजना गरिएको पशुपालन तालिममा किसानहरुलाई यस्तो अनुरोध गरिएको हो । राप्तीसोनारी गाउँपालिकाका किसानलाई गाई भैसी पालन सम्बन्धी तालिम दिइएको छ । राप्तीसोनारी पशु सेवा शाखाको आयोजनामा गाउँपालिकाको वडा नम्बर १ देखि ९ सम्मका कुल १८ जना किसानलाई तालिम दिइएको हो । उक्त तालिमको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।
तालिम उद्घाटन गर्दै उनले उन्नत जातको गाई भैसी पालेपछि मात्र किसानको आर्थिक अवस्था बलियो हुने बताएका छन् । किसानलाई गाई र भैसी पालनमा आर्कषित गरेर राप्तीसोनारीलाई दुधमा आत्मनिर्भर गराउन गाउँपालिकाले आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
गाउँमा अझैपनि परम्परागत तरिकाले गाई र भैसी पालन गर्ने प्रवृत्ती यथावत रहेको भन्दै उनले नयाँ जातका गाई भैसी पाल्न किसानलाई आग्रह गरे । उक्त अवसरमा अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरतकुमार मल्लले उन्नत जातको गाई भैसी पालेर आत्मनिर्भर बन्न किसानलाई अनुरोध गरेका छन् ।

Next Post

घर बनाउन भारतबाट ईटा ल्याउन नपाएपछि लाखौ डुब्ने चिन्तामा नरैनापुरबासी

१९ चैत्र २०७४, सोमबार १९:३४
सदरलाइन / रुद्र सुवेदी   २० चैत, नेपालगन्ज : बाँकेको नरैनापुर क्षेत्रका स्थानीय बासिन्दाहरु भारतबाट ईटा ल्याउनको लागि दिएको लाखौ रुपैया बयाना त्यतिकै डुब्ने भएकोले आफ्नो सो को निकासको लागि गाउपालिकासंग सहयोगको गुहार गरेका छन् । गतवर्षसम्म भारतबाट ईटा सहजै आउने गरेकोमा यसबर्षदेखि प्रहरीले भारतीय ईटा आउन नदिएको कारण उनीहरु समस्यामा […]