सत्ता गठबन्धनले ब्याख्यात्मक घोषणा सहित एमसीसी पारित गर्ने

सदरलाइन संवाददाता १५ फाल्गुन २०७८, आईतवार १३:१५
 

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनले ब्याख्यात्मक घोषणा सहित आईतबार नै अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी पारित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आईतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदान गर्ने निर्णय गरेको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

‘ब्याख्यात्मक टिप्पणीसहित संसदमा पेश गरेर एमसीसी पारित गर्न गठबन्धन सहमत भयो,’ उनले भने । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा निर्णय गर्न बाँकी रहेको भन्दै समय मागेका थिए । तर, समय नभएको भन्दै पारित गर्ने निर्णय गरिएको उनले बताए । नेता पौडेलले थपे, ‘एमसीसी आईतबारै पारित हुन्छ ।’

सत्ता गठबन्धनको बैठकअघि बिहान बसेको नेकपा माओवादी केन्द्रको कार्यालयको विस्तारित बैठकले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको थियो ।


यता नेकपा एमालेले आइतबारको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राख्ने भएको छ । सत्ता गठबन्धनको बैठकले व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्ने निर्णय गरेसंगै एमसीसी अनुमोदनका लागि हुने संसदीय प्रक्रियामा सहभागी हुने वातावरण सत्ता गठबन्धनले नबनाएका कारण एमालेले अवरोध जारी राख्ने संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

‘हामीले प्रमुख सत्तासाझेदार दल कांग्रेससंग संवाद पनि गरेका हौैं,’ नेम्वाङले भने, ‘तर प्रतिनिधिसभाको अवरोध खोल्न हामीले राखेको मागमा उहाँहरु सकारात्मक हुनुभएन, हामी प्रक्रियामा सहभागी हुने अवसरबाट वञ्चित भयौं ।’

एमाले प्रक्रियामा सहभागी नहुने भएपछि सत्तारुढ दललाई एमसीसी अनुमोदन गराउन झन् सहज हुने छ । यसअघि आइतबार विहान सत्ता साझेदार दलले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वडाध्यक्षको निधनमा सार्वजनिक बिदा

१५ फाल्गुन २०७८, आईतवार १३:१५
सुर्खेत : गाडीको ठक्करबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका भेरीगङ्गा नगरपालिकाका–१ सुर्खेतका वडाध्यक्ष नवराज कार्कीको शोकमा नगरपालिकाभर सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाले शोक वक्तव्य जारी गर्दै आईतबार वडा कार्यालयसहित नगरपालिकाभित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएको हो । काठमाडौँस्थित बाँसबारी न्यूरो अस्पतालकमा उपचारका क्रममा शुक्रबार राति वडाध्यक्ष कार्कीको […]

सम्बन्धित