नेपालगञ्ज : बाँकेमा बिहीवार ३४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २१ पुरुष र १३ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।
योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ७ सय १२ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
बाँकेमा विरामी निको हुने दर ८९ दशमलव २१ प्रतिशत रहेको छ । अब आइसोलेशनमा बाँकेका २ सय ९८ र अन्य जिल्लाका ११ गरी ३ सय ९ जना छन् । बाँकेमा हालसम्म ३ हजार ४० जनामा कोरोना पुष्टि भएको छ भने ३० जनाको मृत्युु भइसकेको छ ।