नेपालगञ्ज भन्सारद्वारा लक्ष्य भन्दा कम राजश्व संकलन

सदरलाइन संवाददाता २१ जेष्ठ २०७९, शनिबार १६:४६
 

नेपालगञ्ज : नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ । आर्थिक बर्ष २०७८/ ७९ मा नेपालगञ्ज भन्सारले लक्ष्य भन्दा बढी राजश्व उठाएको हो ।

१० महिनामा संकलित राजश्वको तथ्याङ हेर्दा साउन र असोज महिनाबाहेक अरु ८ महिनामा लक्ष्य भन्दा कम राजश्व संकलन भएको देखिएको छ । साउनमा १ अर्व ५३ करोड ४४ लाख २९ हजार लक्ष्य लिएकोमा २ अर्व १७ करोड ३८ लाख ६९ हजार राजश्व संकलन भएको छ । यो प्रगति प्रतिशत १३१.४८ हो ।

यस्तै असोज महिनामा २ अर्व ११ करोड २७ लाख लक्ष्य राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा २ अर्व ३७ करोडबढी संकलन भएको छ । यो प्रगति प्रतिशत १०१.३० हो । तर भदौ, कार्तिक, पुष, माघ, फागुन, चैत र बैशाख महिनामा भने लक्ष्य भन्दा निकै कम राजश्व उठेको हो ।


जस्का कारण नेपालगञ्ज भन्सार कार्यालयलाई लक्ष्य हासिल गर्न चुनौति देखिएको छ । नेपालगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षमा २५ अर्व २१ करोड ६ लाख ६६ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । खाद्यन्न, कच्चा पदार्थ, पेट्रोलियम पदार्थ लगायतका समानहरु नेपालगञ्ज भन्सार कार्यालयबाट बढी आयात हुने गर्दछ । जसबाट बढी राजस्व संकलन हुने गरेको छ ।

६५ किलोमिटर खुला सिमाना भएकाले बाँकेमा राजस्व चुहावट पनि हुने गर्दछ । जसलाई रोकथाम गर्नका लागि नेपालगञ्ज भन्सार कार्यालय, शसस्त्र प्रहरी, जिल्ला प्रशासन लगायतका सरोकारवाला निकायले संयुक्तरुपमा नियान्त्रणका लागि प्रयास गर्दै आएका छन् ।

नेपालगञ्ज भन्सार कार्यालयमा चिनी, लत्ताकपडा खद्यान्न पशुपंक्षी तरकारी लगायतका समानहरु चोरी निकासीबाट बढी पक्राउ पर्ने गरेको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेसहित पश्चिम तराईमा ‘लु’ चल्न शुरु

२१ जेष्ठ २०७९, शनिबार १६:४६
नेपालगञ्ज : नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने बाँकेलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा ‘लु’ चलेको छ । ‘लु’का कारण यहाँको जनजीवनमा असर परेको छ । मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ । गर्मीयाम शुरु […]