गण्डकीमा मन्त्रीमण्डल गठन,चुमान र मनाङे मन्त्री

सदरलाइन संवाददाता २५ चैत्र २०८०, आईतवार १७:५९
 

कास्की :  गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले सानो  आकारको  मन्त्रीपरिषद्  गठन गरेका छन् ।

मुख्यमन्त्रीको पद तथा गोपनीयताका शपथ लिएसँगै मुख्यमन्त्री अधिकारीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री बनाएका छन् ।


नव नियुक्त मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी भने दिएको छैन । मन्त्री चुमान र मनाङेले शपथ लिएका छन् । नेकपा एमाले संसदीय दलका नेता अधिकारीले आज बिहानमात्रै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन ।काँग्रेसले भने सरकार गठनमा सभामुखलाई सहभागी गराएको भन्दै गठन प्रक्रिया असंवैधानिक भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल ट्रेड यूनियन महासंघद्वारा नेपालगञ्जमा श्रम डेस्क राख्न ज्ञापन बुझायो

२५ चैत्र २०८०, आईतवार १७:५९
नेपालगञ्ज :  नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)लुम्बिनी प्रदेश कमिटीले बाँकेका विभिन्न पालिकामा श्रमडेस्क स्थापनाको लागि पहल गरेको छ । जिफन्ट लुम्बिनी प्रदेश कमिटीले नेपालगञ्ज उपमहानगरलाई श्रम डेस्क स्थापना गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । नेपालको संविधानमा उल्लेखित श्रमिकको हक, श्रम कानुन र स्थानीय सरकार संचालन ऐन व्यवहारमा कार्यान्वयन गरी […]