सदरलाइनडटकम, 
५ बैशाख, खजुरा (बाँके) : बाँकेको खजुरागाउँपालिका वडानम्वर ५ का ज्येष्ठ नागरिकलाई बुधबार झुल तथा टर्चलाइट वितरण गरिएको छ । लक्षित वर्गको बजेटबाट वडा नम्वर पाँचमा रहेका २ सय ३० जना ज्येष्ठ नागरिकलाई किटनाशक झुल र टर्चलाइट वितरण गरिएको वडाअध्यक्ष देवेन्द्रमान श्रेष्ठले जानकारी दिए ।
ज्येष्ठ नागरिकलाई लामखुट्टे देखि जोगाउन किटनाशक सुपानेट झुल वितरण गरीएको वडा अध्यक्ष श्रेष्ठले बताए । गर्मि बढ्दै गएकाले लामखुट्टेको टोकाईले लाग्ने रोगबाट जोगाउन गाउँपालिकाले अधिकाश ज्येष्ठ नागरिकलाई प्रत्येक वडा कार्यलय मार्फत सुपानेट झुल वितरण गर्दे आएको छ ।
ज्येष्ठ नागरिकलाई सम्मान गर्दै वडा अध्यक्ष श्रेष्ठले आगामि योजनामा थप सेवा प्रदान गर्ने जनाए । यसअघि खजुरा गाउँपालिकाका विभिन्न वडाहरुले वडावासी ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिसकेका छन् ।


