
सदरलाइनडटकम
२ बैशाख, नेपालगन्ज : स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले आईतबार बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालको अवलोकन गरेकी छन् । अर्याल सहित पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी, स्वास्थ्य सचिव पुष्पा अर्याल लगायतले अस्पतालको अवलोकन गरे ।
यही महिनादेखि ओपिडी र ‘डे’ सेवा सञ्चालन गर्ने गरी तयारी भइरहेको अस्पतालका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिएका छन् । उनका अनुसार, अस्पताल सञ्चालनको तयारी पुरा भएको छ । नेपाल सरकार, नेपाल क्यान्सर अस्पताल र भरतपुर क्यान्सर अस्पतालको त्रिपक्षिय सहभागितामा अस्पताल सञ्चालनको व्यवस्था गरिएको छ । आईतबार स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी, स्वास्थ्य सचिव पुष्पा चौधरी लगायतले अस्पतालको अवलोकन गरी अस्पताल सञ्चालनका बिषयमा जानकारी लिएका छन् ।


