२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

आकस्मिक उद्धार र राहतका लागि बाल राहात कोष स्थापना



सदरलाइनडटकम 
१२ बैशाख नेपालगन्ज  : जोखिम तथा हिंसामा पर्न सक्ने बालबालिकाहरुको संरक्षण तथा बाल अधिकारको प्रबर्धनका लागि बालमैत्री स्थानीय शासन अभियानको लागि नेपालगन्ज उप–महानगरपालिका– १३ उदयपुरमा आकस्मिक उद्धार तथा राहतका लागि बाल राहतकोषको स्थापना गरिएको छ ।
सेभ द चिल्ड्रेनको साझेदारीमा बाँके युनेस्को क्लबद्वारा २५ हजार रुपैया र वडा कार्यालयबाट ५ हजार रुपैयाँ गरी जम्मा ३० हजारको कोष स्थापना गरिएको सो वडाका वडा अध्यक्ष बिरेन्द्र बहादुर शाहले जानकारी दिए ।
उनले वडा भित्रका जोखिम तथा हिंसामा पर्न सक्ने बालबालिकाहरुको संरक्षण तथा बाल अधिकारको प्रबर्धनका लागि बालमैत्री स्थानीय शासन अभियान अन्तर्गत बाल राहतकोषको स्थापना गरिएको बताए ।
बाँके युनेस्को क्लबका निर्देशक रवि कुमार तुलाधार र कार्यक्रम संयोजक आशिष बर्माले एक कार्यक्रममा वडा अध्यक्ष शाहलाई २५ हजारको चेक हस्तान्तरण गरि कोषको स्थापना गरिएको हो । बालबालिकाहरुको आकस्मिक उद्धारका स्थापना गरिएको कोषको संचालनका लागि बालबालिका राहत कोष संचालन कार्यविधि– २०७५ जारी गरि संञ्चालनका लागि वडा अध्यक्ष शाहको संयोकत्वमा ९ सदस्यीय सञ्ंचालन समिति गठन गरिएको छ । हस्तान्तरण कार्यक्रममा वडा सदस्य सत्य नारायण यादव, ओम प्रकाश चौहान, वडा सचिव रामकुमार पौडेल, बालक्लब संजालका अध्यक्ष गणेश कुमार पाण्डे लगायतले बालबालिकाको संरक्षण लगायत चौतर्फी विकासका लागि नेपालगन्जलाई बालमैत्री स्थानीय साशन घोषणा गराउनु अपरिहार्य रहेको बताएका थिए ।
यसअघि पनि बाँके युनेस्को क्लबले वडा नम्बर १२ मा पनि सोही प्रकारको बाल राहत कोषको स्थापना गरी २५ हजार रुपैयाँ हस्तान्तरण गरिसकेको छ । वडा नम्बर १२ लाई बालमैत्री स्थानीय साशन वडा घोषणा गराउने अभियानलाई तिव्र पारिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ वैशाख १२ गते बुधबार
ताजा समाचार