२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

राष्ट्रिय बहिरा टि–ट्वान्टी क्रिकेट चैत २० देखि बाँकेको कोहलपुरमा हुँदै



सदरलाइनडटकम 
४ चैत, कोहलपुर (बाँके) : ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ बाँकेको कोहलपुरमा नवौं राष्ट्रिय बहिरा टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
राष्ट्रिय बहिरा क्रिकेट संघ नेपाल र बाँके बहिरा क्रिकेट संघको संयूक्त आयोेजनामा प्रतियोगिता गर्न लागिएको कोहलपुरमा पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
प्रतियोगिता आगामि चैत २० देखि २५ गते ६ दिनसम्म कोहलपुर क्रिकेट मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ । सो प्रतियोगितामा बाँके, काठमाण्डौं, पोखरा, रुपन्देही, सुनसरी, हेटौडा, मोरङ, धनुषा र झापा गरी जम्मा ९ वटा टीमको सहभागिता रहने बाँके बहिरा क्रिकेट संघका अध्यक्ष सन्तोष केसीले जानकारी दिएका छन् ।
प्रतियोगिता सञ्चालनका लागि करिब १४ लाख खर्च हुने र यसको तयारी ५५ प्रतिशत पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिमा प्रथम हुने टीमले ५० हजार, द्वितीय हुनेले ४० हजार र तृतीय हुनेले ३० हजार पुरस्कार, ट्रफि, शिल्ड र प्रमाणपत्र पाउने भएका छन् ।
कोहलपु्र उद्योग वाणिज्य संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान लेखबहादुर क्षेत्रीले राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता बाँकेमा आयोजना हुन बाँकेवासीको लागि खुसीको कुरा भएको बताउदै यस प्रतियोगिताले यसक्षेत्रको आर्थिक विकासमा पनि ठूलो सहयोग पु¥याउने दाबी गरे ।
यस्तै कोहलुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले खेल सञ्चालनका लागि आफूले संघको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता गरेका थिए ।

प्रकाशित मिति : २०७४ चैत ४ गते आइतबार
ताजा समाचार