एक सातादेखि वडा कार्यालय कार्यालय सहयोगीको भरमा, स्वास्थ्य संस्था बन्द

सुरेन्द्र शाही ९ आश्विन २०८१, बुधबार १८:५८
 

दैलेख  : दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाका १, ६ र ७ नंम्बर वडा कार्यालयहरु गत एकसातादेखि कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएका छन ।

चामुण्डा विन्द्रासैनी नगर कार्यापालिकाको २०८१ असोज ३ गते बसेको कार्यापालिका वैठकले करार सेवाकका कर्मचारीहरुलाई आन्तरिक आम्दानी नभएको भनि करार सेवा रद्ध गरेकाले ती वडाहरु कार्यालय सहयोगीको भरमा चलाउनु परेको हो ।

वडानं.१ का वडा अध्यक्ष उदे कामीका अनुसार असोज ४ गतेदेखि वडाका सामान्य सिफारिसहरुको काम भए पनि स्थानिय पञ्जिकाधिकारीले गर्ने काम काज नभएको बताए ।

यता वडा नं. ६ र ७ को समस्या पनि यस्तै रहेको छ । कार्यालय सहयोगीको भरमा कार्यालय चलाउदा सामान्य सिफारिस दिन पनि समस्या रहेको छ । वडा नंं ७ का वडा अध्यक्ष इन्द्रप्रसाद चौलागाईका अनुसार आफ्नो वडामा जन्मदर्ताका केही सेवाग्राही आएकोमा केहीलाई वडा नं. ८ बाट सेवा दिइएको र केहीलाई केही दिनपछि आउनु भनेर सम्झाई बुझाई गरेर फिर्ता पठाइएको बताए ।

नगरपालिकाको कार्यपालिका वैठकले सामाजिक परिचालक, पशुसेवा प्राविधिक, कृषि सेवा प्राविधिक, अनमी चौथों, अहेव चौथों, नगर प्रहरी, अनमी, कार्यालय सहयोगी र कुचिकार गरि ७१ जनाको करार सेवा सम्झौता रद्ध गरेको थियो ।

चामुण्डा विन्द्रासैनी नगरपालिकामा रहेका ६ वटा शहरी स्वास्थ्य क्लिनिक र ६ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र असोज ४ गतेबाट बन्द रहेका छन । स्वास्थ्य शाखाका मानकुमारी शाहीले बथिङ्ग सेन्टरका कार्यालय सहयोगी तथा अन्य कर्मचारीलाई हटाउदा समस्या भएको बताईन ।

उनका अनुसार पालिकाको नियमित खोप १६ गते भएकाले कसरी खोप व्यवस्थापन गर्ने भन्ने विषय अन्योल रहको छ । शहरी स्वास्थ्य क्लिनिक, आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट सेवाग्राहीले सेवा पाएका छैनन भने चामुण्डा स्वास्थ्य चौकी, जम्बुकाँध स्वास्थ्य चौकी र लयाटी स्वास्थ्य चौकीबाट सेवा दिइरहेको उनले बताईन ।

करार सेवा रद्ध गरिका कर्मचारीहरुलाई संघिय सरकारको वित्तिय समानिकरण वजेट तलब भुक्तानी गरी अपचलन गरेको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि साउन र भदौं महिनाको तलव रावश्व वाडफाँटबाट दिने गरि कर्मचारीको करार सेवा रद्ध गरिएको थियो ।

यस विषयमा थप बुझ्न खोज्दा प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर मल्लले आफु बिरामी भएर पालिका भन्दा बाहिर रहेको बताए । नगर प्रमुख गणेश कुमार शाहीको मोवाइल अफ रहेको छ भने तथा नगर उपप्रमुख मनसरा रेग्मीले फोन उठेन ।


कर्मचारी जान मान्दैनन वडामा

चामुण्डा विन्द्रासैनी नगर पालिकामा नगरपालिकाको आन्तरिक आम्दानी र संघिय सरकारबाट प्राप्त रावश्व बाडफाँटबाट नियुक्त गरिएका केही करार कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिई वडामा पठाउने प्रयास गरिए पनि सो प्रयास सफल नभएको एक कर्मचारीले आफ्नो नाम नबताउने शर्तमा जानकारी दिए ।

कार्यालयमा स्थायी दरबन्दिमा रेहेका प्रशासन सेवाका सहायकस्तर चौथों र सहायकस्तर पाचौंमा कार्यरत केही कर्मचारीलाई पनि वडामा पठाउन प्रयास गरिए पनि कर्मचारीहरु वडामा जान नमानेको एक श्रोतले जानकारी दिएको छ ।

प्रशासन सेवाका कर्मचारी वडामा जान नमानेपछि असोज ८ गतेका दिन पशु सेवा शाखामा कार्यरत पशु प्राविधिक करनसिंह धामीलाई वडा नं. १ र सहायक कम्प्युटर अपरेटर झलक कुमार खत्रीलाई वडा नं. ७ को वडा सचिवको जिम्मेवारीको पत्र बने पनि वडामा पठाइएको छैन ।

नगर प्रहरी अलपत्र

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गठित नगर प्रहरीहरु अलपत्र परेका छन् । स्थानीय सरकारले आन्तरिक राजश्वबाट तलब भत्ता दिने गरि गठन गरिएको नगर प्रहरीलाई पनि वित्तिय समानिकरण वजेट बाट तलब भुक्तानी गरेको देखिएकाले करार सेवा बाट हटाउनु परेको छ ।

उमेर भएको वेला नगर प्रहरी भइयो अव अहिले उमेर पनि गयो । अव अरु ठाउमा दस्खास्त दिने उमेर पनि छैन । अव के गर्ने भन्ने अन्योल रहेको एक नगर प्रहरी बताए ।

बजेट विनियोजन गरिएको छ

चामुण्डा विन्द्रासैनी नगरपालिकाले आर्थिक वर्ष २०८१–०८२ को विनियोजित वजेटमा आन्तरिक आम्दानी तथा संघिय सरकारबाट प्राप्त रावश्व बाडफाँटमा सामाजिक परिचालन अन्र्तगत कर्मचारी व्यवस्थापनमा ४० लाख, करार सेवा शुल्क नगर प्रहरी १५ लाख, करार सेवा शुल्क १ करोड ६० लाख गरि २ करोड १५ लाख विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

योजना छनोट र कार्यान्वयनलाई पारदर्शी बनाऔंः मुख्यमन्त्री आचार्य

९ आश्विन २०८१, बुधबार १८:५८
अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट र कार्यान्वयनमा देखिएका बेथिती अन्त्य गर्न योजना छनोट र कार्यान्वयनको प्रक्रियालाई पारदर्शी बनाउन जरुरी रहेको बताएका छन् । जिल्ला समन्वय समिति अर्घखाँचीको सन्धिखर्कमा बुधवार आयोजना गरिएको वार्षिक समिक्षा कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले तीन तहका सरकारले गर्ने हरेक काम पारदर्शी […]

सम्बन्धित