बाँके प्रहरीद्वारा ठुलो परिमाणमा अवैध सामग्री बरामद

सदरलाइन संवाददाता १४ माघ २०८०, आईतवार १४:२२
 

नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छली गरेर नेपालगञ्ज ल्याइँदै गरेको ठुलो परिमाणको अवैध सामग्रीसहित ५ जनलाई नियन्त्रणमा लिएको छ ।

बाँके प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक सुशील रावलको कमाण्डको टोलीले आइतवार बिहान भारतबाट भन्सार छली गरेर ल्याइएको अवैध कुर्ता सुरवाल लगायतको सामग्री र तस्करीमा प्रयोग गरिएको एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल र साइकलसहित अवैध तस्करीमा संलग्न ५ जनालाई पक्राउ गरेको जनाएको छ ।


रावलको टोलीले नेपालगञ्ज–१२ बाट पक्राउ गरेको जानकारी दिएको छ । बरामद गरिएको २ लाख २५ हजार २ सय रुपैयाँ बराबरका अवैध सामग्री, मोटरसाइकल, साइकलसहित पक्राउ परेका ५ जनालाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यतिबेला बाँके प्रहरीको कमाण्ड सम्हालिरहेका प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहरा तस्करीविरुद्ध खरो रुपमा उत्रदै आएका छन् । अवैध गतिविधि र तस्करीविरुद्ध कुनै सम्झौता नगर्ने बताउने एसपी बोहरा बाँकेको समग्र शान्तिसुरक्षाप्रति निकै कतिवद्ध भएर लाग्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिसो बढ्दै गएपछि डुडुवा र नेपालगञ्जका विद्यालयमा पुनः जाडो विदा

१४ माघ २०८०, आईतवार १४:२२
नेपालगञ्ज : निरन्तर शीतलहर चलेर चिसो अत्याधिक बढेपछि नेपालगञ्जका विद्यालयरुमा पुनः जाडो विदा दिइएको छ । अत्याधिक जाडो तथा शीतलहरको प्रकोपले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि माघ १५ र १६ गते दुई दिन नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक, धार्मिक र संस्थागत विद्यालयहरुमा जाडो विदा दिइएको शिक्षा महाशाखा प्रमुख […]